Connect with us
Kapilvast Forest

देशभर वर्षा, लुम्बिनी प्रदेशभरी भारी वर्षाकाे सम्भावना

२०७९, १६ असार बिहीबारमा प्रकाशित

काठमाडौं-आज पनि देशका धेरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो पनि धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

राति भारी वर्षा केही कम हुने आकलन गरिएको छ । यद्यपि, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शुक्रबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग नजिक रहेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu