Connect with us
Kapilvast Forest

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

२०७९, २१ असार मंगलवारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले मङ्गलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बस्न लागेको जानकारी दिनुभयो ।सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भए पनि मन्त्री हेरफेरका कारण बस्न सकेन । आज बस्न लागेको मन्त्रिपरिषद् बैठक नियमित रहेको प्रेस प्रमुख परियारले जानकारी गराउनु भयो ।

सोमबार जनता समाजवादी पार्टी (जसपा)बाट कृषि तथा पशुपन्क्षी मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त हुनुभएको थियो ।यसअघि जसपाबाट कृषि मन्त्रीमा महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्रीमा रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्रीमा रामसहायप्रसाद यादव हुनुुुुहुन्थ्यो ।

मङ्गलबार नयाँ मन्त्रीसहित मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu