Connect with us
Kapilvast Forest

गठबन्धन टुटे देश दुर्घटनामा जान्छ : कांग्रेस उपसभापति गुरुङ

२०७९, २१ असार मंगलवारमा प्रकाशित

काठमाडौ- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गर्नुभएको छ ।मङ्गलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

गठबन्धनरुपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने उहाँको भनाइ छ ।
आगामी मङ्सिरपछि मात्रै सम्भवतः गठबन्धनरुपी विमानले सुरक्षित अवतरण गर्ने उहाँ बताउनुहुन्छ । उहाँले संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीच बाटोमा पुगेर दलहरुले एक–अर्काप्रति आरोप, प्रत्यारोप गर्नु नहुने बताउनुभयो । जहाजबाट प्यारासुट जम्प गर्दा दुर्घटना निम्तिने उल्लेख गर्नुभयो ।

उपसभापति गुरुङले गठबन्धनका दलहरुले कांग्रेस इमानदार भएन भनेर झगडा गर्दा संविधान नजोगिने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘‘स्थानीय निर्वाचनमा हामी पाँच दलले एउटै जहाज चढ्यौं । जहाज उडिसकेको छ । आकाशामा छ । तर, ल्याण्डिङ भएको छैन । अब हामीले त्यो जहाजलाई सेफ ल्याण्डिङ कसरी गर्ने ? भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरुले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ ।

जहाजलाई सेफ ल्याण्डिङ गर्नेपर्ने हाम्रो दायित्व छ । वा त हामीले जहाजबाट प्यारासुट जम्प गर्नुपर्छ । तर खुट्टा भाँचिन्छ कि भन्ने पनि हामीलाई त्रास छ । जम्प पनि गर्नुभएको छैन, धेरै माथि उडेको छ । १० हजार, साढे १० हजार फिट माथि उडिरहेको छ । अहिले जहाज । अब त्यसलाई सेफ ल्याण्डिङ गर्ने बेलामा कसैले कांग्रेस इमानदार भएन भन्ने, अर्को दल इमान्दार भएन भनेर आकाशमा उडिरहेको जहाजमाथि हामीले झगडा सुरु गर्ने हो भने जहाजले सेफ ल्याण्डिङ गर्न सक्दैन ।,’’ उपसभापति गुरुङले थप्दै भन्नुभयो ।

त्यस्तै, उहाँले हाम्रो मिसन भनेको संविधान जोगाउने मिसन रहेको पनि बताउनुभयो । उपसभापति गुरुङले गठबन्धनभित्र नै एक दलले अर्को दललाई आरोप लगाउँदा अपरिपक्व राजनीतिज्ञले देश सञ्चालन गरेकाे पुष्टि हुने दाबी गर्नुभयो । उहाँले सधैँ देश गरिब बनाएर काम गर्न नहुने भन्दै सरकार सञ्चालकले मुलुक र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुनदृष्टि राख्न आवश्यक रहेको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu