Connect with us
Kapilvast Forest

सबै पदाधिकारी टुंगाउने गरि माओवादिकाे बैठक बस्दै

२०७९, २३ असार बिहीबारमा प्रकाशित

काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको स्थगित भएकाे बैठक आज बस्दै छ । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मङ्गलबार स्थगित गरिएको बैठक बुधबार संसद्मा सहभागी हुनुपर्ने भन्दै स्थगित भएको थियाे ।

पदाधिकारी चयनका लागि पूर्वस्थायी समितिको बैठक बुधबार पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको थियो । मङ्गलबारको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको थियो । पार्टी अध्यक्ष प्रचण्डले बुधबार पनि बैठक स्थगित गरेर छलफल गर्नुभएको छ ।

पार्टीको नेतृत्व तह संसद्मा सहभागी हुनुपर्ने भएकाले बुधबार बैठक स्थगित भएको पूर्वस्थायी समिति सदस्य गणेश शाहले जानकारी दिनुभयो 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu