Connect with us
Kapilvast Forest

सर्वदलीय बैठक निष्कर्षबिहीन: प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित

२०७९, २३ असार बिहीबारमा प्रकाशित

सुर्खेत – गतेदेखि अवरुद्ध कर्णाली प्रदेश सभाको बैठक बिहीबार पनि बस्न सकेन । सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच सहमति जुट्न नसकेपछि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

संसद् सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले भने, ‘सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुटन नसकेपछि आजको बैठक स्थगित गरिएको छ । अर्को वैठक शुक्रबार दिउँसो १ बजेका लागी बोलाइएको छ ।

संसद बैठकअघि सर्वदलीय बैठक बोलाइएको थियो, जहाँ सत्ता र प्रतिपक्षले आ–आफ्नै अडान राखेका छन् ।
प्रदेश सभा गत असार १२ गतेदेखि अवरुद्ध हुँदै आएको छ । यो बिचमा लगातार सर्वदलीय बैठक बस्दा पनि कुनै टुङ्गो नलागेको सभामुख राजबहादुर शाहीले अनलाइनखबरलाई बताए । ‘भोलि बिहान ८ बजे फेरि सर्वदलिय बैठक बस्दैछ । त्यो बैठकले निष्कर्ष निकाल्छ’ उनले भने ।

एमालेले गत माघमा सरकारले प्रतिपक्षसँग गरिएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने, आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ल्याइएको बजेटको किताब तथ्यगत रूपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने लगायतका अडान राखेको छ ।

सत्तापक्ष र प्रतिपक्षबीचको टकरावका कारण अहिलेसम्म बजेटको विषयमा कुनै छलफल हुन सकिरहेको छैन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu