Connect with us
Kapilvast Forest

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

२०७९, २३ असार बिहीबारमा प्रकाशित

काठमाडौं- बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१३ चुहाडे घर भई हाल काठमाडौं टोखा नगरपालिका–१० सामाखुसी बस्ने ६० वर्षीय केदार गिरी रहेका छन् ।केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वय तथा फरार प्रतिवादी खोजतलास एवम् पक्राउको लागि परिचालित टोलीले बिहीबार सानेपाबाट गिरीलाई पक्राउ गरेको हो ।

गिरीले प्रभु बैंक लिमिटेडमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएकामा उच्च अदालत पाटनले बैंकिङ कसुर गरेको ठहर गरेको थियो ।अदालतले गिरीलाई बैंकिङ कसुर बमोजिम सात दिन कैद र २० लाख रुपियाँ जरिवाना हुने ठहर गरेको थियो ।गिरीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक एवम् प्रवक्ता श्यामकुमार महतोले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu