Connect with us
Kapilvast Forest

सुदूरपश्चिम प्रदेशसभा बैठक फेरि स्थगित

२०७९, २७ असार सोमबारमा प्रकाशित

सुदूरपश्चिम- प्रदेश सरकारले ल्याएको बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक पाँचौ पटक स्थगित भएको हो । सोमबार बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष, प्रतिपक्ष र सरकारबीच सहमति जुट्न नसकेपछि बैठक पाँचौ पटक स्थगित भएको हो ।

यसअघि ८ गते बोलाइएको बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । १२ गते बोलाइएको बैठक बस्न नपाउँदै १६ गतेसम्मका लागि स्थगित भएको थियो । १६ गते पनि बैठक सञ्चालन हुन नसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि भनी बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

प्रदेश सरकारले आइतबार बैठक सञ्चालन गर्ने तयारी गरे पनि आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । सोमबार बिहान सभामा सूचना टाँस गरी दिउँसो तीन बजेसम्मका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए । विशेष कारण भन्दै बैठक स्थगित भएको उनलेबताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu