Connect with us
Kapilvast Forest

गठबन्धन सरकार नभएको भए एसपीपी पास भइसक्थ्यो : माधव नेपाल

२०७९, २७ असार सोमबारमा प्रकाशित

धनगढी- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो अडानका कारण देशमा विदेशी शक्तिहरुका विभिन्न षड्यन्त्र असफल भएको दाबी गरेका हुन ।

उनले एकीकृत समाजवादी पार्टीकै अडानका कारणले एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित पास भएको तथा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता रोक्ने रोकिएको दाबी गरेका गर्नु भयो हो ।

सोमबार बिहान प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले विदेशी शक्तिको चलखेल बढेको बताउँदै सोही अन्तरगत विभिन्न खालका परियोजनाहरू आइरहेको टिप्पणी गर्नु भयो ।

प्रतिनिधिसभाबाट पारित भएको एमसीसी परियोजना विशुद्ध आर्थिक परियोजना हो की ? सैन्य रणनीतिको अंग हो ? भन्ने सवाल उठेपछि एकीकृत समाजवादी पार्टीको अडानका कारण व्याख्यात्मक घोषणासहित पारित भएको उहाँको दाबी छ ।

पूर्व एमालेले एमसीसीलाई आँखा चिम्लेर पारित गर्न खोजेपछि तत्कालीन अवस्थामा पार्टीमा हामीले आफ्नो अडान राखेका थियौं’ नेपालले भने, अहिले प्रतिनिधिसभाबाट पारित गर्दा पनि हाम्रै अडानका कारण व्याख्यात्मक घोषणासहित स्पष्ट पारिएको हो । उक्त परियोजना एकतर्फी रुपमा कार्यान्वयन गर्न खोजेमा भंग गर्न सकिने पनि नेपालको दाबी गरे ।

विदेशी शक्तिको चलखेल अन्तरगत नै आएको एसपीपी परियोजनासमेत आफूहरुकै अडानका कारण रोकिएको जिकिर गर्दै उनले गठबन्धन सरकार भएकै कारण रोकिएको अन्यथा पारित भइसक्ने बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu