Connect with us
Kapilvast Forest

प्रतिपक्षी दलका सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक स्थगित

२०७९, २८ असार मंगलवारमा प्रकाशित

धनगढी- प्रतिपक्षी दलका सांसद उपस्थिति नभएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ। प्रतिपक्षी दल नेकपा (एमाले) जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्यले बजेटको विषयलाई लिएर प्रदेश सभा बैठक बहिष्कार गरेका थिए।

प्रतिपक्षीको बेन्च खाली भएका कारण बैठक सञ्चालन हुन नसक्ने भन्दै सभामुख अर्जुनबहादुर थापाले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको घोषणा जानकारी गर्नु भयो ।

यसअघि, मंगलबार १२ बजे बोलाइएको बैठक गणपुरक सङ्ख्या नपुगेपछि स्थगित भएको थियो। ५१ जना प्रदेश सभा सदस्य रहेकोमा नौ जना प्रदेश सभा सदस्यकोमात्रै उपस्थिति थियो।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि अहिलेसम्म सदनमा छलफल हुन सकेको छैन। बजेटमा सत्तापक्षकै प्रदेश सभा सदस्यलेसमेत चर्को विरोध गरेका हुन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu