कपिलवस्तुका ६ उद्योगीहरुलाई प्रबिधि हस्तान्तरण
कपिलवस्तु- नबप्रर्बधनात्मक उद्योगी लाई प्रबर्धन गर्न कपिलवस्तुको तौलिहवामा प्रबिधि हस्तान्तरण गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु को आयोजनामा ६ जना उद्योगीहरुलाई बिभिन्न ६ प्रकारका प्रबिधि हस्तान्तरण गरिएको हो । ८० प्रतिशत कार्यालय र २० प्रतिशत लाभग्राहीको लगानीमा सो प्रबिधियुक्त मेशीनरी खरिद गरी बाडिएको हो ।
जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कालीदास बस्याल घरेल् तथा साना उद्योग महासंघकी जिल्ला अध्यक्ष फुलकुमारी श्रेष्ठले उक्त प्रबिधि हस्तान्तरण गरेका थिए । सो अवसरमा पानी फिल्टर बनाउने मिम्चर मेशीन, भीग बेल्डीङ, पोलन ड्रयर मेशीन, एयर कम्प्रेशर मेशीन, दालमोट बनाउने मिक्चर मेशीन र अचार बनाउने मिक्चर मेशीन सहीतको कम्प्युटर काटा र लेबल मेशीन हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा वाटर फिल्टर मेशीन बनाउनकालागि मिक्चर पाएकी उद्यमी राधिका केसीले यसले आफुलाई काम गर्न हौसला मिलेको बताईन । उनले अब आफनो उद्योगमा झन डटेर लाग्ने बताईन । पोलन ड्रयर पाएका माहुरी पालक अुर्जन पोख्रेलले उद्योगलाई प्रबद्र्धन गर्न घरेलु् कार्यालयले नया नया प्रबिधि हस्तान्तरण गरेर सराहनीय काम गरेको बताए ।
उनले यसले उद्योगीलाई प्रोत्साहीत गरेको र आयआर्जन सहीत रोजगारी समेत सृजन गर्ने बताए । सो अवसरमा जिल्ला समन्वय अधिकारी भुमीराम पाख्रेलले घरेलु काार्यलयले नया उद्योगीहरुलाई प्रोत्साहीत गर्ने खालको कार्यक्रम ल्याएको बताए । उनले सो मेशीनरी आजारको सही सदुयोग गरिनु पर्ने बताए । घरेल् तथा साना उद्योग कार्यालयका प्रमुख बस्यालले आफुहरुले नव उद्योगीहरुलाई प्रोत्साहीत गर्न नै यो कार्यक्रम ल्याएको बतांए ।
रोजगारी र आयआर्जन बढाउने खालका कार्यालयहरु ल्याउनु पर्नेमा उनले जोड दिए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बस्यालको अध्यक्षता र बिनय पुडासैनीको संचालनमा भएको कार्यक्रममा अधिकुत बिष्णु पोख्रेलल घरेलु तथा साना उद्योग महासंघकी जिल्ला अध्यक्ष फुलकुमारी श्रेष्ठ लगायतले मन्तब्य दिएका थिए ।