महाराजगन्जमा समयमा काम गर्ने ठेकेदार सम्मानित
सनिउल्ला धोबी-
कपिलवस्तुको महाराजगंज नगरपालिकामा समयमा काम सम्पन्न गरेको निर्माण कम्पनी दिनेश निर्माण सेवालाई पालिकाले सम्मानित गरेको छ ।
नगरपालिकाले तोकेको मापदण्ड अनुसार कार्य सम्पन्न गर्नु भएकोले निर्माण कम्पनीलाई सम्मान गरेको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।
दिनेश निर्माण सेवाका प्रोप्राइटर दिनेश चौबेलाई सम्मानित गरिएको हो । पालिकाले सम्मान गरेकोले आफ्नो आत्माबल बढेको दिनेश चौबेले बताउनु भयो ।
सम्पन्न कार्यक्रममा महाराजगंज नगरपालिका नगरप्रमुख अब्दुल कलाम, प्रशासकीय प्रमुख रबिन्द्र प्रसाद चौधरी, प्रशासन योजना अनुगमन शाखा अधिकृत निरंजन कुमार पौडेल, साथै महराजगंज नगरपालिका वार्ड नं-१ वार्ड अध्यक्ष प्रमोद कुमार चौधरीको सहभागीता रहेको थियो ।