Connect with us
Kapilvast Forest

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी उप्रेति पक्राउ

२०७९, ३० असार बिहीबारमा प्रकाशित

pakrau

काठमाडौं,- काठमाडौंको चण्डोलबाट बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका –५ घर भइ हाल काठमाडौं महानगरपालिका–३२ डिल्लीबजार बस्ने ४२ वर्षीया बन्दना उप्रेति रहनुभएको छ ।

उप्रेतिले २०७५ फागुन ५ गते प्राइम कमर्सियल बैंकमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ् कसूर मुद्दामा असार ५ गते फैसला गरी बैंकिङ् कसूर ठहर गरेको थियो ।

उहाँमाथि बैंकिङ् कसूर सजाय ऐन २०६४ बमोजिमको कसूरमा ३० दिन कैद र एक करोड ५९ लाख जरिवाना हुने ठहर गरिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले फरार रहेका उप्रेतिको खोजतलास गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj