प्रचण्ड भारत भ्रमणबाट फर्किए, कस्ताे रह्याे भम्रण
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भारत भ्रमण सकेर काठमाडौं आउनुभएकाे छ
प्रचण्डले भारत सरकार र भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको बताउनुभयाे ।
आफ्नो भ्रमण सोचेअनुसार भएको भन्दै उहाँले भन्नभयाे, ‘भ्रमणका कतिपय सन्दर्भमा मैले सोचेभन्दा राम्रो भएको महसुस गरेँ, भ्रमणमा सन् १९५० को सन्धी, दुई देशको व्यापार घाटा, सीमा सुरक्षालगायत विषयमा छलफल भए ।’
अध्यक्ष दाहालले भारतका सरकारी पदाधिकारी र भारतीय जनता पार्टीका विभिन्न पदाधिकारीसँग भेट भएको बताउनु भयो । भारतका विदेशमन्त्री एस जयशंकर, भारतका विदेश सचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डा लगायतका पदाधिकारीसँग भेट गरेको उहाँले सुनाउनुभयाे । उहाँले भन्नुभयाे, अपेक्षाअनुसार भ्रमण सफल भएको छ । कतिपय सन्दर्भमा सोचेभन्दा राम्रो भ्रमण भएको छ । न्यानो स्वागत भयो । नेपालीहरूमा पनि धेरै चासो र उत्सुकता देखियो । पहिला प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा कुनै फरक लागेन ।
अध्यक्ष दाहालले भेटमा नेपाल र भारतका वर्तमान समस्या, सीमा विवाद, डुबानका बारेमा पनि छलफल गरेको जानकारी दिनुभयाे । भारत भ्रमणपछि अब नेपाललाई विभिन्न खाले सहयोग र अहिलेका समस्या समाधान हुने कुरामा विश्वस्त रहेको अध्यक्ष दाहालकाे दाबी छ
यो भेटले तत्कालका समस्या समाधान गर्ने र नेपालको केही न केही प्रगति हुनेमा आशावादी रहेको उहाँकाे भनाइ छ