Connect with us
Kapilvast Forest

तिलोत्तमाका प्रशासकीय अधिकृतको कार्यकक्षमा एमालेले लगायो ताला

२०७९, १ श्रावण आईतवारमा प्रकाशित

बुटवल- तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले पक्षधरता देखाएको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले उनको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

आइतबार नगरसभामा उपस्थित एमालेका केही जनप्रतिनिधि र कांग्रेसका जनप्रतिनिधिको हाजिर नगराई बैठकका लागि गणपूरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गराउन भूमिका खेलेको भन्दै उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा गएका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले तालाबन्दी गरेका हुन् ।
तिलोत्तमा नगरपालिकाको १२ औं नगर सभाको तेस्रो र चौथो बैठकमा ज्ञवालीले नेपाली कांग्रेसतर्फ पक्षधरता देखाएकाले तालाबन्दी गरिएको उपप्रमुख चौधरीले बताइन् । नगरसभा बैठकमा उपस्थित भएका नगरसभा सदस्यलाई षड्यन्त्रपूर्वक उपस्थिति पुस्तिकामा हाजिर गर्न नदिई गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित गराएको चौधरीले बताइन् ।

‘प्रमुख प्रशासकीय अधिकृत नेपाली कांग्रेसको मात्रै कर्मचारी भएजसो गरी नियोजित रुपमा अनैतिक काम गरेका छन्’, चौधरीले भनिन्, ‘एमालेका जनप्रतिनिधिको उपस्थिति पुस्तिका नै गायब पारेर कांग्रेसबाट निर्वाचितको मात्रै उपस्थिति तयार गरी हस्ताक्षर गराएकोले नैतिक हिसाबले अब उनी स्वीकार्य छैनन् ।’

आइतबारको नगरसभा बैठकमा एमालेबाट निर्वाचित ४२ जना नगरसभा सदस्यको हस्ताक्षर गराएपछि प्रमुख प्रशासकीय अधिकृतले अरु नगरसभा सदस्यको हस्ताक्षर नगराई गणपूरक संख्या नपुगेको देखाइएको चौधरीले बताइन् ।
नगरप्रमुख रामकृष्ण खांणले नगरसभा सुरु भएको घोषणा गर्दा एमालेका ४२ जनाको उपस्थिति गरेको माइन्युट अनधिकृत ब्यक्तिमार्फत लुकाउन खोज्दा नियन्त्रणमा लिइएको उनले बताइन् ।

शुक्रबार बसेको तेस्रो बैठकमा ८९ जना उपस्थित भए पनि नगरप्रमुख खांण बाहेक ८८ जनाले हस्ताक्षर गरेका थिए । तर नगर प्रमुख खाणले आफू निकटका ४१ जना जनप्रतिनिधिलाई मात्र फर्जी उपस्थिति पुस्तिकामा हस्ताक्षर गराएर गणपूरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेको एमालेको आरोप छ ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई हाजिर गर्नबाट बञ्चित गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीविरुद्ध उनीहरूले नाराबाजी गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu