मधेशमा साना हतियारको बिगबिगी
घटना १ : सिरहाको लहान नगरपालिका-२२ मा तीन जना साथी खेलिरहेको अवस्थामा १२ असारमा गोली चल्यो । १९ बर्षीय सुशान्त चौधरीले पेस्तोल पड्काउँदा १८ बर्षका दिलिप मुखियाको पेटमा गोली लाग्यो ।
दिलिपको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
दिलिप, सुशान्तका साथै सुरज मुखियासमेत एकै ठाउँमा बसेर खेलिरहेको अवस्थामा गोली चलेको प्रहरीको भनाइ छ । सुशान्तले आफूलाई सुरजले पेस्तोल दिएको र सुरज पनि अर्कै व्यक्तिबाट पेस्तोल पाएको खुलेको प्रहरीले जनाएको छ ।