Connect with us
Kapilvast Forest

एमाले अध्यक्ष ओलीलाई चित्त बुझेन कार्यकर्ताको ताली !

२०७९, ४ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव राम्रो नभएको बताएका छन् । टिकट पाए जित्छु, नपाए जसले पाउँछ, उसलाई जिताउँछौं भन्ने नाराको व्यापक उल्लंघन भएको उनले बताए ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा एमाले अध्यक्ष ओलीले टिकट पाए जित्छु नपाए जसले पाउँछ उसलाई जिताउँछु भन्ने नारा सही भएको बताए । उनले अघि भने व्यवहारमा चाहिँ उल्टो भयो पाए जित्छु नपाए हराउँछु भन्ने भयो ।

कुनै उम्मेदवार हार्दा एमाले हार्ने भन्दै उनले व्यक्तिगत अहम् छाड्नुपर्ने बताए । उनले अघि भने सानातिना कुरामा अल्झिने होइन, हाम्रा महान अभिभारा पुरा गर्न एमाले एकढिक्का हुन्छ, एक ढिक्का हुनुपर्छ ।

ओलीले यति भन्दा हलमा परर ताली बज्यो । तर ओली असन्तुष्ट देखिए । ओलीले भने, ताली थोरैले बजाउनुभयो ।
ओलीले अघि भने (टेबुल ठोक्दै) नेकपा एमाले एकढिक्का भएर उभिन्छ एकढिक्का भएर अगाडि बढ्छ, एकढिक्का भएर बाँधा व्यवधानसँग जुध्दै, तिनलाई पराजित गर्दै विजय हासिल गर्छ ।

अघिल्लो पटकभन्दा अली ताली बज्यो । तर ओली अझै पनि सन्तुष्ट देखिएनन् । उनले प्रश्न गरे, ‘यसमा हामी सबै प्रतिवद्ध छौं नि होइन ? हामी इमान्दारिताका साथ लाग्छौं होइन ?

यसपटक अली जोडले ताली बज्यो । तर ओलीले भने अझै साथीहरु ताली बजाइराख्नु भाछैन । हामी इमान्दारिताका साथ लाग्छौं होइन ? त्यसपछि भने जोडले ताली बज्यो ।

ओलीले स्थानीय चुनावमा जस्तो कुनै हालतमा हुन नदिने आफूहरुको संकल्प भएको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu