Connect with us
Kapilvast Forest

राजधानीको गोदाममा प्रहरीको छापा : १ करोड मूल्य बराबरको अवैध सामान बरामद

२०७९, ५ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं-  चावहिलमा रहेको एक गोदाममा प्रहरीले छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोदाममा छापा मारेको हो ।

अवैध कारोबार हुने गरेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोदाममा छापा मार्दा विभिन्न ब्रान्डका विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबस, अक्सिमिटर र पटका लगायत १ करोड मूल्य बराबरको अवैध सामान बरामद भएको कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।

उनले सामान भन्सार छलेर ल्याइएको पाइएको भन्दै गोदामका मालिक पर्साको प्रसौनी गाउँपालिका १ घर भएर कपन बस्ने ४० वर्षीय छविलाल अगस्तीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

बरामद सामान पटका पनि भएकाले विस्फोटक पदार्थ ऐनसम्बन्धी कसुरमा उनीविरुद्ध मुद्दा चलाइने कोइरालाले बताए । यस्तै बरामद सामान्य राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu