छानबिन समितिले भोलि पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने
संसदीय छानबिन विशेष समितिले बिहीबार निवर्तमान अर्थमन्त्री शर्मालाई बोलाएर छलफल गर्ने भएको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधबार बसेको बैठकले सोधपुछको लागि निवर्तमान अर्थमन्त्री शर्मालाई बोलाउने भएको छ ।
समितिका सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको जानकारी दिनुभयो ।
सचिव अर्यालले भन संसदीय छानबिन समितिले बिहीबार निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने भएको छ। संसदले दिएको १० दिनको समय अवधि पनि सकिँदै छ। समितिको म्याद थपको सन्दर्भमा छलफल भएको छ तर समितिले निर्णय भने गर्न सकेको छैन् ।
यसैगरी समिति संयोजक लक्ष्मणलाल कर्णले छानबिनका लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल गर्ने बताए।
७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने उनले भन्नु भयो ।
सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय अब दुई दिनमात्रै बाँकी रहेको छ ।