Connect with us
Kapilvast Forest

हवल्दार बाँठा कुटपिट प्रकरण: दारबोटका हवल्दार जिल्ला तानिए

२०७९, ५ श्रावण बिहीबारमा प्रकाशित

पूर्व वडा सदस्य तथा माओवादीका स्थानीय नेता खिम बाबु राजा डिसीको योजनामा सघाएको पाइएपछि दारबोट प्रहरी चौकीका प्रहरी हवल्दार साइतकुमार चौधरी जिल्ला तानिएका हुन्।

डिएसपी विनोद घिमिरेले प्रहरी हवल्दार चौधरीको समेत डिसीको आक्रमणको योजनामा संलग्नता देखिएपछि आन्तरिक कारबाही स्वरूप जिल्ला झिकाएर अनुसन्धान भइरहेको बताउनु भयो ।

रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ का प्रहरी हवल्दार रामबहादुर बाँठालाई घर जाँदै गर्दा स्थानीय नेकपा माओवादी केन्द्रका कार्यकर्ता खिम बाबु राजा डिसीको समूहले साउन ३ गते बेलुका ७ बजेतिर बाटोमा रोकेर आक्रमण गरेका थिए ।

डिसी त्रिवेणी गाउँपालिका– ७ का पूर्व वडा सदस्य हुन्। बाँठाले घटना हुने समयमा प्रहरी हवल्दार चौधरी र अर्का सहायक प्रहरी हवल्दार यादव थरका प्रहरी अधिकारीले करिब पाँच सय मिटर टाढा अटो रिक्सा राखेर निगरानी गरिरहेको तथा आक्रमणमा संलग्न व्यक्तिलाई अटोमा राखेर घर पठाउन सहयोग गरेको जानकारी दिनुभयो ।

बाँठाले सहयोगका लागि स्थानीय प्रहरी चौकी पुग्दा उल्टै प्रहरी हवल्दार चौधरीले आफूलाई दोषी बनाएको, दुई घन्टा थुनामा राखेको, मापसे नगरे पनि मापसे चेकजाँच गराउन लगेको, आफूले मापसे नगरे पनि चौधरीले मापसे गरेको पुष्टि गरेको जस्ता गुनासा गरेका छन् ।

यसै क्रममा बाँठामाथि भएको आक्रमणका बारेमा जिल्ला प्रहरी कार्यालय रोल्पामा बिहीबार पनि छलफल हुने भएको छ। डिएसपी घिमिरेले दुबै पक्षलाई छलफलका लागि बोलाइएको बताए।

आज पनि दुबै पक्षलाई बोलाएको छु उनले भने केहीबेरमा दुबै पक्षलाई राखेर छलफल हुनेछ।वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा चुनाव लडे पनि पराजित हुनु भएको थियो ।

आफूमाथि भएको आक्रमणबारे निवेदन दिन खोज्दा प्रहरी प्रमुख घिमिरेले राजनीतिक दबाबका कारण आफूलाई जसरी पनि मिल्न दबाब दिएको पीडित बाँठाले बताउँदै आउनु भएको छ ।

डिएसपी घिमिरेले आफूले सम्झाउन खोज्दा पनि बाँठाले कुरा नमानिरहेको बताए। कुटपिटमा संलग्न भनिएको पक्षले पनि राजनीतिक रूपमा दुर्व्यवहार बाँठाले गरे भनेर जाहेरी दिएका छन् डिएसपी घिमिरेले भने प्रहरी हवल्दार बाँठाले पनि जाहेरी ल्याए हामी दर्ता गर्ने छौं।

आफूहरूले आफ्नै संगठनका मानिसलाई असहयोग गरेको भन्ने आरोप सही नभएको उनले दाबी गरे।एउटा प्रहरी हवल्दार तपाईंसँग न्याय मागिरहँदा किन आक्रमणमा संलग्नहरूलाई पक्राउ नगर्नु भएको हो?

भन्ने प्रश्नमा डिएसपी घिमिरेले आज फेरि छलफल हुन थालेको हुँदा पीडितले लिखित जाहेरी दिएमा पक्राउ गरिने बताए । पीडित बाँठाले पनि आफूले न्यायमात्रै खोजेको र न्याय सबैका लागि समान हुनुपर्ने बताउनु भयो ।

गाउँ घरका मानिसहरू मिलेर बस्नुपर्छ भन्ने उहाँहरूको सुझाव नराम्रो होइन बाँठाले भने मैले कहिले कोसँग झगडा गरेको थिए र? बाटोमा ढुकेर ज्यान लिने उद्धेश्यले आक्रमण गर्नेहरूलाई किन पक्राउ गरिँदैन।

यी पनि:
माओवादी कार्यकर्ताबाट कुटिएका हवल्दार भन्छन्- मलाई न्याय चाहिन्छ, जागिरको मतलब छैन
रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले कुटे हवल्दार
सभा सेतोपाटि

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu