Connect with us
Kapilvast Forest

झलनाथको प्रश्न : सरकारको कार्यकारी अधिकार कता छ ?

२०७९, ५ श्रावण बिहीबारमा प्रकाशित

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एसपीपी अस्वीकार गर्ने सरकारको निर्णयबारे अमेरिकालाई पत्र नलेखेको भन्दै सरकारको कार्यकारी अधिकार कता छ ? भनेर प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता खनालले मुलुकको राष्ट्रियताका सामु अनेक प्रकारका खतरा पैदा भइरहेको भन्दै एसपीपी नस्वीकार्ने भनेर सरकारले गरेको निर्णय एक महिना हुँदा समेत पत्र नपठाएकोमा आश्चर्य व्यक्त गरे ।

तर अहिलेसम्म पनि त्यो पत्र के कारणले लेख्न र पठाउन नसकेको हो ? यो हाम्रो देशको क्याविनेटभन्दा बाहिरतिर कतातिर छ कार्यकारी अधिकार ?खनालको प्रश्न छ । कार्यकारी अधिकार भएको क्याविनेटले निर्णय गरिसकेपछि कसैले रोक्न सक्छ भन्दै उनले के कारणले रोकिएको भनि प्रधानमन्त्री र सरकारलाई प्रश्न गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu