Connect with us
Kapilvast Forest

स्वार्थको एकता स्वार्थकै टकरावले फुट्छ : अध्यक्ष ओली

२०७९, ६ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्वार्थको एकता स्वार्थकै टकरावले फुट्ने बताउनुभएको छ । बुधबार आयोजित पार्टीकाे बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा उहाँले स्वार्थको गठबन्धन भत्काउन कुनै आवश्यकता नभएको भन्नुभएकाे हाे ।

एकै उद्देश्यमा साथै हुन नसक्नेलाई पुनः सँगै लिएर जान नसकिने कुरामा जाेड दिनुहुँदै उहाँले भन्नुभयो स्वार्थी पूँजीवादी बाटो हिँडेर कहिल्यै एकताबद्ध हुने सम्भावना नै हुँदैन । स्वार्थको एकता टकरावमा बदलिन्छ, यो नियम हो त्यसकारण गठबन्धन फोड्न हतार गरेर चाँदीको तरबार बनाउनुपर्ने केही पनि आवश्यकता छैन ।

उहाँले कोसँग मिलेर कसका विरुद्ध लड्नेभन्दा उस्ता उस्तैसँग मिलेर यो अभ्यास हिजो पनि भएको बताउनुहुँदै भन्नुभयाे, “वामपन्थी कसलाई भन्ने ? वामपन्थी कोही छन् भने एमाले खुला छ । गठबन्धन छोड र परित्याग गरेर आऊ ।

वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाइ पाउँ भनेर क्रियाकलाप गर्नेलाई वामपन्थी भन्न सकिन्छ र ? उहाँले प्रश्न गर्नुहुँदै भन्नुभयाे , देश यस्तो अवस्थामा गम्भीर चुनौतीको सामना गर्नुपरेको छ ।

एक ढिक्का भएर वाधा, व्यवधानलाई जुध्दै विजय हासिल गर्न हामी प्रतिबद्ध हुनुपर्छ । अस्तिको चुनाव राम्रो भएन, अब त्यस्तो कुनै हालतमा हुन दिनुहुन्न। देशलाई अगाडि बढाउने हो भने सामूहिक भावनाका साथ गन्तव्यतर्फ फर्कौँ ।

अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी हटाउने अभियान आजैदखि सुरु गर्नुपर्ने भनाइ पनि राख्नुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu