Connect with us
Kapilvast Forest

कुखुराको अवैध आयातका कारण स्थानीय व्यवसाय सङ्कटमा

२०७९, ७ श्रावण शनिबारमा प्रकाशित

नेपालगञ्ज-   बाँकेका कुखुरा व्यवसायीले भारतबाट भइरहेको कुखुरा र चल्लाको अवैध आयात रोक्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् ।

भारतबाट अवैधरुपमा कुखुराको आयात निरन्तर जारी रहेकाले नेपाली किसानका कुखुरा विक्री हुन छाडेको गुनासो गर्दै कुखुरापालक व्यवसायीले जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई अवैध आयात रोक्न गुहारेका छन् ।

भारतबाट अवैध रुपमा ल्याइएका कुखुरा सस्तोमा पाइने भएपछि विक्रेताहरुले नेपाली किसानका कुखुरा किन्न छोडेपछि सो रोक्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरिएको नेपाल पोल्ट्री व्यवसायी संघ, बाँकेका सचिव प्रदीप कँडेलले जानकारी दिनुभयो ।

पछिल्लो दुई सातायता नेपाली किसानका कुखुराहरु विक्री नभएको गुनासो गर्दै सचिव कँडेलले कुखुरा विक्री नहुँदा मर्न थालेको र दानाको लागत पनि खेर गइरहेको बताए ।

बाँकेको नरैनापुर र खजुराको सैनिक तथा परसपुर र जमुनाहाबाटै धेरैजसो कुखुरा तस्करी हुने गरेको कुखुरापालक नेपाली किसानको गुनासो छ । भारतबाट आउने कुखुराबाट पंक्षीजन्य रोगहरु भित्रिने खतरा रहेको र नेपालमै मागलाई धान्ने गरी पञ्क्षीजन्य उत्पादन भइरहेकाले सरकारले भारतबाट आयातमा प्रतिबन्ध लगाए पनि कुखुराको अवैध आयात भने निरन्तर चलिरहेको छ ।

अवैध आयात नरोकेमा नेपाली किसान र व्यवसायीको करोडौं लगानी डुब्ने र व्यवसाय नै धरापमा पर्ने जनाउँदै तत्काल सो रोक्न माग गर्दै नेपाल पोल्ट्री व्यवसायी सङ्घ, बाँकेले प्रमुख जिल्ला अधिकारीलाई एक मागपत्र पनि बुझाएको छ ।

सो मागपत्रमा प्रहरी प्रशासनले कुखुराको अवैध आयात रोक्ने जिम्मेवारी पूरा नगर्दा नेपाली व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेको जानकारी गराइएको नेपाल पोल्ट्री व्यवसायी संघ बाँकेले बताएको छ ।

सो बारेमा बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीसँग जानकारी माग्दा उहाँले व्यवसायीले ध्यानाकर्षण गराएको जनाउँदै अवैध आयात रोक्न कडाई गर्न प्रहरीलाई ताकेता गरिसकिएको जानकारी गर्नु भयो । उहाँले भारतबाट अवैध रुपमा ल्याउने कुखुरालाई ल्याउन नदिन थप कडाइ गरिने पनि बताएका छन्।

बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले नाकामा रहेको प्रहरी र गस्तीमा जाने प्रहरीलाई कडाई गर्ने निर्देशन दिएकाले नै पटक पटक अवैध रुपमा भित्र्याउन खोज्दा प्रहरीले नियन्त्रणमा लिने गरेको बताउनुभयो । उहाँले प्रहरी अवैध आयात रोक्न प्रतिबद्ध रहेको पनि बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu