Connect with us
Kapilvast Forest

पर्यटनमन्त्रीले पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्दै

२०७९, ८ श्रावण आईतवारमा प्रकाशित

संस्कृति- पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्दैछ। कोरोनाका कारण केही वर्षयता लयमा फर्किन नसकेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने हेतुले मन्त्रालयले कार्यक्रम घोषणा गर्न लागेको हो।

कार्यक्रम संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कार्यक्रमको घोषणा गर्नेछन्।यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाले लगतै गठन गरेको नेपालको पर्यटन क्षेत्र पुनरूत्थान कार्ययोजना तर्जुमा समितिले कार्ययोजना सहितको प्रतिवेदन बिहीबार बुझाएको थियो।

मन्त्री श्रेष्ठले असार १३ गते पदभार ग्रहण गर्दै नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गर्न समिति गठन गरेका थिए।

समितिले सरोकारवालासँग छलफल तथा विगतमा गठन भएका विभिन्न समितिका प्रतिवेदन अध्ययन गरी कार्ययोजना तयार गरेको हो। प्रतिवेदन बुझ्ने क्रममा मन्त्री श्रेष्ठले कार्ययोजनाले मन्त्रालयको कामलाई दिशानिर्देश गर्ने बताए।

कार्ययोजनामा एक महिनाभित्र गर्न सकिने काम, तीन महिनामा गर्न सकिने काम, ६ महिनाभित्र गर्न सकिने काम, एक वर्षभित्र गर्न सकिने काम र निरन्तर गर्नुपर्ने कामका ५१ वटा योजना समावेश गरिएको छ।

कार्ययोजना कार्यन्वयन गर्ने निकाय र कार्यन्वयनका लागि सहयोगी संस्थाबारे पनि प्रतिवेदनमा उल्लेख छ । पर्वतीय पर्यटन सुधारका लागि कानुन संशोधन गर्नुपर्ने, पर्यटकको नेपाल बसाई सुरक्षित बनाउन संकट व्यवस्थापन एकाइ स्थापना गर्ने, ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाउने अभियान’ का लागि एनआरएनसँग सम्झौता गर्ने, काठमाडौंका ऐतिहासिक तथा पुरातात्विक सम्पदा जोड्न सम्पदा मार्ग निर्माण गर्ने, कोभिडपछि नेपाल सुरक्षित गन्तव्य रहेकोबारे बजारीकरण गर्ने कार्ययोजनामा उल्लेख छ।

यस्तै रात्रिकालिन सम्पदा यात्राको सुरूवात गर्ने, सगरमाथा सम्वाद पुन: सुरू गर्ने, अन्तर प्रदेश हवाइ सेवा विस्तार गर्ने, प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस एक्टिभीटी सेन्टरका रुपमा विकास गर्ने पनि कार्ययोजनामा उल्लेख छ।

महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई अभियान चलाउने, पर्यटन डिजिटल नक्सा बनाउने लगायत विषय पनि कार्ययोजनामा उल्लेख छ।
मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा पर्यटन विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकण र नेपाल पर्यटन बोर्डका प्रतिनिधिका साथै तीन जना विज्ञ सम्मिलित समिति गठन गरिएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu