Connect with us
Kapilvast Forest

पानी नपरेपछि देवतालाई मनाउन पुरानै संस्कार

२०७९, १० श्रावण मंगलवारमा प्रकाशित

पश्चिम- तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै आएका छन् । बर्खामा पानी नपरेपछि थारु समुदायका मानिसहरुले पुरुषहरूले महिलाको पोशाक लगाउने र महिलाहरुले पुरुषको पोशाक लगाएर गाईया बेहेर्न अर्थात गाई छेक्ने चलन छ ।

देवताहरूलाई मनाउन आफ्नो परम्परा अनुसार हरेक जातिहरूको संस्कार र पूजा गर्ने शैली फरक–फरक छन् । त्यस्तै पश्चिम तराईका थारु समुदायका मानिसहरुले पनि बर्खा लगाउनका लागि पानी नपरेपछि अनेक खालका पूजा गर्ने गरेका छन् ।यो वर्ष असार महिनाभर पानी नपरेपछि थारु समुदायका मानिसहरुले पुर्खौंबाट चल्दै आएको गाईया बेहेर्ने अर्थात गाई छेक्ने चलन अपनाएका हुन् ।

महिलाहरुले पुरुषहरूको पोशाक लगाउने र पुरुषहरूले महिलाको पोशाक लगाएर आफ्नो छिमेकी गाउँमा गइ गोरु,भैँसी बन्दक बनाएर ल्याउने र त्यस गाउँका मानिसहरुले आफ्नो बन्धक बनेका गोरु, भैँसी छुटाउन आएपछि आफ्नो मौलिक भाषामा गीत गाएर छुटाउने परम्परा रहेको बैजनाथ गाँउपालिका ६ पेडारीका सुनिता थारूले बताइन् ।

उहाँले पानी नपरेका कारण यस्तो पुरानो संस्कृति र प्रचलन अपनाइएको बताइन् । पहिलाको समयमा धानको बीउ छर्ने बित्तिकै गाईया बेहेर्ने अर्थात गाई छेक्ने परम्परा शुरु हुन्थ्यो । तर अहिलेको समयमा अन्तिम विकल्प नभएपछि यो परम्परागत प्रचलनमा इन्द्र देवलाई पूजा गर्ने गरेको राप्ती सोनारी गाँउपालिका ४ का फट्टु थारुले बताउँछन्।

यो परम्परा थारु समुदायमा पुस्तौंदेखि चल्दै आएको छ । यसलाई अहिले अन्धविश्वास भन्ने गरिएपनि थारु समुदाय भने पूजा गरेपछि मात्र पानी पर्ने गरेको र उत्पादन पनि राम्रो हुने गरेको विश्वास राख्छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu