Connect with us
Kapilvast Forest

नम्बर प्लेट नभएको मोटरसाइकलमा गाँउपालिकाको पेट्रोल कुपन

२०७९, १० श्रावण मंगलवारमा प्रकाशित

रुपन्देही- को मायादेवी गाउँपालिकाले नम्बर प्लेट नभएको मोटरसाइकललाई १५ लिटर पेट्रोल दिएको पाइएको छ । गाउँपालिकाले संगम आयल कम्पनी भैरहवाको नाममा कुपन नम्बर ७४६ बाट लु ६४ प ८६८ लाई १५ लिटर पेट्रोल दिने भनि उल्लेख भए पनि सो पेट्रोल नम्बर प्लेट नै नभएको निजी गाडीमा प्रयोग भएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिम्लिसिनाले गाउँपालिका कार्यालयबाट जारी गरिएको कुपन वडा नम्बर ५ का वडाध्यक्षलाई दिइएको जानकारी दिनुभयो ।

व्यवहारिक हिसाबले गाउँपालिकाले तेजनारायण पाललाई निजी गाडीमा प्रयोग गर्नका लागि सो कुपन उपलब्ध गराएको उनले बताएका छन् ।कुपन अनुसारको पेट्रोल ८ गते साझ एक नम्बर प्लेट नभएको प्लसर मोटरसाइकलले हालेको छ । मोटरसाइकल कस्को हो भन्ने स्पष्ट नभएपनि कुपन कै आधारमा पेट्रोल पम्पले पेट्रोल दिएको थियो ।

हामीले कुपनकै आधारमा तेल दिने गरेका छौ जसले कुपन ल्याउँछ उसलाई तेल दिन्छौ नम्बर लेखे पनि नम्बर हेर्ने गरेका छैनौ पम्पका प्रतिनिधिले भने । तेल हाल्ने मोटरसाइकल चालक भने तेज नारायण पाल होइनन्, प्रशासकीय अधिकृत तिमिल्सिनाले तेल वडाध्यक्षले नै हालेको दाबी गर्नु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu