६२ वर्षमा एसईई उत्तीर्ण गरेपछि खुसीले दङग रेणु मल्ल
म्याग्दी- बेनीमा सञ्चालन भएको उज्यालो वैकल्पिक विद्यालयबाट एसर्ईई परिक्षामा सहभागि हुनुभएको ६२ वर्षीया रेणु मल्लले बुधवार सार्वजनिक भएको परिक्षाको नतिजामा १.८५ जिपिए ल्याएर पास हुनुभयो ।
बुढेसकालमा भएपनि एसईई पास भएकोमा उहाँ निकै खुसी देखिनुहुन्थ्यो । उमेरमा पढ्ने धोका पुरा भएन उहाँले खुसी हुँदै भन्नुभयो नपढेको हुनाले धेरै ठाउँमा ठक्कर खाइयो, अव त म पनि पढेकी महिला भएकी छु नी !
पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा बसोवास गर्नुहुने मल्ल सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । सामाजिक कार्य गर्दा पढाई लेखाई नभएकाले निकै समस्या हुने गरेको थियो उहाँले बताउनु भयो ।
पढाई लेखाई भनेको महत्वपूर्ण विषय रहेछ भन्ने बुझीयो अनि कक्षा ३ कक्षा मा भर्ना भएर पढ्न थालेकी हुँ । सानै उमेरमा विवाह भएकाले उबेला पढ्न नपाएको उहाँले जानकारी दिनुभयो ।
एसईई पास भएको खबर पाएपछि आफन्त र इन्टमित्रले फोन गरेर बधाई दिन थालेपछि थप उत्साह मिलेको उहाँले बताउनुभयो । यस्तै बेनीमा बसोबास गर्नुहुने ४४ वर्षीया दिलशोभा पुनको एसईई पास गर्ने रहर यसपाली पुरा भएको छ ।
कक्षा ८ मा पढ्दा पढ्दै विवाह भएपछि पढाई छाड्नुभएकी पुन उज्यालो वैकल्पिक विद्यालयमा भर्ना भएर पढ्न थाल्नुभएको थियो । मलाई उवेला पनि पढ्ने निकै धोका थियो उहाँले भन्नुभयो ।
पढ्दा पढ्दै विवाह भएकाले पढाईलाई निरन्तरता दिन सकिन, अहिले शिक्षाको महत्व बल्ल बुझियो,ढिलै भएपनि एसईई पास हुँदा खुसी मिलेको छ । पुनले २.१० जिपिए प्राप्त गर्नुभएको हो ।
बेनीकै ५१ वर्षीया योगमाया गौतमले पनि १.५५ जिपिए ल्याएर एसईई पास गर्नुभएको छ । गौतम कक्षा तिनमा भर्ना भएर पढ्न थाल्नुभएको हो । एसईई पास भएपछि आफन्तजनहरुले भेटेर र फोनमार्फत बधाई तथा शुभकामना दिएको उहाँले जानकारी दिनुभयो ।
सानै उमेरमा विवाह भयो पढ्ने अवसर पाइएन गौतमले भन्नुभयो उज्यालो विद्यालयले हामी जस्ता विचैमा पढाई छाडेकालाई शिक्षाको ज्योति दिएको छ । विचमै पढाई छाडेकाहरुका लागि शिक्षा दिन २०७० मा उज्योलो वैकल्पिक विद्यालय स्थापना गरिएको थियो ।
तिन वर्ष देखि विद्यालय एसईईमा परिक्षामा सहभागि हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । उहाँका अनुसार १ देखि कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल ४० जना विद्यार्थीहरु अध्ययनरत छन् ।
विभिन्न कारणले विचमै पढाई छाडेकाहरुलाई उक्त विद्यालयले शिक्षा प्राप्त गर्ने राम्रो अवसर दिएको छ ।