Connect with us
Kapilvast Forest

फालिए अक्सिजन सिलिन्डर

२०७९, १२ श्रावण बिहीबारमा प्रकाशित

कालीकोट- कालीकोटमा कोरोना महामारीको चरम सङ्क्रमणका बेला सहयोगी संस्थाले दिएका अक्सिजन सिलिन्डर जिल्ला अस्पताल बाहिर बेवारिस रूपमा फालिएको छ । कालीकोटमा अक्सिजनको चरम अभावका बेला विभिन्न संस्थाहरूले अक्सिजन ग्यासको सिलिन्डर उपलब्ध गराएका थिए ।

जिल्ला अस्पतालले नै अक्सिजन आफँै उत्पादन गर्न सुरु गरेको थियो ।स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. रत्नवीर सुनारले बाहिर खुला ठाउँमा राख्दासमेत सिलिन्डर खराब नहुने भएकाले बाहिर थुपारिएकोजानकारी दिनुभयो । उहाँले अब ग्यास भरेर सरुवा रोग अस्पतालमा राख्ने तयारी भइरहेको पनिबताउनु भयो ।

अस्पतालको नयाँ भवन बनेका कारण कोठा खाली गरेर बिरामीको शøया राख्ने क्रममा खाली सिलिन्डर बाहिर राखिएको उहाँले बताउनुभयो । उहाँले अस्पतालको भवन छिटो बनाउनका लागि कसैबाट समेत पहल नभएको गुनासो गर्नुभयो । जिल्लामा ५० शøयाको अस्पताल निर्माण भइरहेको छ । पुराना स–साना भवनमा ओपीडी, अप्रेसन कक्ष, प्रसूति कक्ष, स्टोर, फार्मेसी चलाउन धेरै समस्या भएको अस्पतालले बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu