Connect with us
Kapilvast Forest

बाल यौन दुराचारको आरोपमा ६२ वर्षीय : वृद्ध पक्राउ

२०७९, १४ श्रावण शनिबारमा प्रकाशित

पाल्पा- बाल यौन दुराचारको आरोपमा प्रहरीले ६२ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले रैनादेवी छहरा–५, मुझुङ् बस्ने ६२ वर्षीय सोमान सिंहलाई पक्राउ गरेको बताएको छ ।

स्थानीय नावालिकालाई उनले बाल यौन दुराचार गरेकाे उजुरी परेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनु भयो ।