Connect with us
Kapilvast Forest

निःशुल्क आँखा शिविरमा तीन सय ५१ को उपचार

२०७९, १४ श्रावण शनिबारमा प्रकाशित

राजविराज- एक दिने निःशुल्क आँखा शिविरबाट तीन सय ५१ जनाको उपचार गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडामा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा आँखा शिविर सञ्चालन गरिएको हो । उक्त शिविरमा तीन सय ५१ जना आँखाका रोगीले आँखा जाँच गराएको सो क्लबलेबताएको छ ।

तीमध्ये एक सय १३ मा मोतियाबिन्दु फेला परेकाले उनीहरुलाई लहान अस्पतालमा निःशुल्क उपचारको लागि पठाउने धर्मीहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu