Connect with us
Kapilvast Forest

सुतेर धर्ना दिने : चेतावनी

२०७९, १४ श्रावण शनिबारमा प्रकाशित

जनकपुरधाम- मधेश प्रदेश सरकारविरुद्ध मुख्यमन्त्री कार्यालय अगाडि सुतेर धर्ना दिने चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालले जनाएको छ। शुक्रबार जनकपुरधामस्थित दस दिनदेखि रिले अनशन बसिरहेकै स्थानबाट सञ्चारकर्मीसँगको कुराकानीमा चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालका राष्ट्रिय संयोजक सुनीलकुमार यादवले चुरे संरक्षण तथा सुकुम्बासी भूमिहीन सम्बन्धी समस्या समाधानका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रदेश सरकारले कुनै चासो नदेखाएका कारण साउन १५ गते आइतबार मधेश प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि सुतेर धर्ना दिने जानकारी दिनुभयो ।

उहाँले सुकुम्बासी भूमिहीन सम्बन्धी समस्या समाधानका लागि पटक–पटक आन्दोलन तथा अनशन बस्दा पनि नेता, मन्त्री तथा कुनै पार्टीले चासो नदेखाएपछि अब मुख्यमन्त्री कार्यालय अगाडि नै सुतेर धर्ना दिनेबताएका छन् ।

चुरे वन जङ्गल संरक्षणका निम्ति र भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोेबासीको अधिकारका निम्ति म बोल्छु तपाई …? भन्ने प्रश्नका साथ तीन बुँदे मागसहित जनकपुरधामस्थित जनक चोकमा १० दिनदेखि रिले अनशनमा बसेको संयोजक यादवले जानकारी दिनुभयो ।

यस्ता खालका अनशन तथा आन्दोलन भए पनि सरकार तथा सम्बन्धित निकायले बेवास्ता गरेपछि अब मुख्यमन्त्री कार्यालय अगाडि सुतेर अनशन बस्ने उहाँले बताउनुभयो ।अभियानीहरूले राखेका तीन बुँदे मागमा गत वर्ष भदौ ४ गते प्रदेश सरकारले गरेको सम्झौता कार्यान्वन, भूमिहीन, दलित, सुकुम्बासीहरू भूमि अधिकारबाट बञ्चित भएको भन्दै तत्काल गाँस, बास र कपासको व्यवस्था र स्थानीय निकायबाट उठिवास लगाउने कार्य बन्द गरियोस् भन्ने रहेका छन्। यस्तै चुरे क्षेत्रको जग्गा मासेर सुकुम्बासी भूमिहीनको नाममा नक्कली भूमिहीनलाई जग्गा वितरण गर्ने कार्य तत्काल बन्द गरियोस भन्ने माग छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu