Connect with us
Kapilvast Forest

प्युठानमा जिप दुर्घटना : एक महिलाको मृत्यु

२०७९, १५ श्रावण आईतवारमा प्रकाशित

प्युठानमा- जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको, छ भने १४ जना घाइते भएका छन् । शनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका–४ भ्यागुते भन्ने ठाउँमा स्वर्गद्वारीबाट भिङरीतर्फ गइरहेको लु ३ च ३५३ नम्बरको जिप दुर्घटनामा एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी गराएको हो ।

घटनामा रुपन्देही मायादेवी गाउँपालिका ३ की ३२ वर्षीय मायादेवी ठाकुरको मृत्यु भएको छ । प्रहरीका अनुसार ९ जना घाइतेलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ। अन्य ५ जनालाई सामान्य उपचारपछि घर फर्किएका छन् ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका १७ जना स्थानीयवासी जिप रिजर्भ गरी स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका थिए । ब्रेक फेल भएर जिप दुर्घटना भएको हुनसक्ने अनुमान पनि गरिएकको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu