Connect with us
Kapilvast Forest

प्युठान जीप दुर्घटना अप्डेट स् मृत्यु हुनेको संख्या : ३ पुग्यो

२०७९, १५ श्रावण आईतवारमा प्रकाशित

सलिम मिया- बिजुवार, साउन १५ गते। प्युठानमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन जना पुगेको छ।घटनास्थलमै एकजना र उपचारको क्रममा दुई जनाको अस्पतालमा ज्यान गएको हो।

दुर्घटनामा घाइते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (४ कि ५४ वर्षीय कान्ति कर्ण र मायादेवी गाउँपालिका वडा नम्बर ३ का ७० वर्षीय पटवारी कुहारको एडवनसिटीअस्पतालम बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। यस्तै, ३२ वर्षीय गुडिया ठाकुरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो।

घाइते हुनेहरूमा रुपन्देही मायादेवी ( ७ का ४२ वर्षीय विनोद कुहार, सिद्धार्थ ( ४ का ४० वर्षीय उर्मिला कुहार,१५ वर्षीय चन्दन कुहार, मायादेवी ( ३ का ४० वर्षीय आशा थारु, ३ का ६३ वर्षीय रुदल चौधरी,५० वर्षीय मागरी थारु,६१ वर्षीय प्रल्हाद थारु, सिद्धार्थ ( ६ का ७० वर्षीय धुव्रा नारायण काबी, सिद्धार्थ ( ६ का ६० वर्षीय उर्मिला बर्मा, मायादेवी ( ३ का ५५ वर्षीय किसदी थारु, सिद्धार्थ (६ का ६० वर्षीय पुष्पा मालि, ५२ वर्षीय सरोज माली, मायादेवी ( ७ का अन्दाजी ७३ वर्षीय कल्वारी कुहार, ७५ वर्षीय प्राग कुहार, ६ वर्षीय बालिका संगीता कुहार रहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो। घाइतेहरुको अहिले बुटवल र भैरहवा स्थित अस्पतालमा उपचार भइरहेको छ ।

सिद्धार्थ नगरपालिका र मायादेवी गाउंपालिकाबाट आफन्तजन मिलेर जीप रिजर्व गरि १७ जना स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका थिए। स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ आउदै गरेको लु३च ३५३ नम्वरको जीप शनिबार स्वर्गद्वारी नगरपालिका(४ भ्यागुतेमा दुर्घटनामा परेको थियो।ब्रेक फेल भएर जीप दुर्घटनामा परेको हुन सक्ने प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu