Connect with us
Kapilvast Forest

पोखरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

२०७९, १६ श्रावण सोमबारमा प्रकाशित

File photo

पोखरा- कास्कीको पोखरा महानगरपालिका-६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गएराति माथिबाट आएको पहिरोले घर पुरिँदा सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् ।

घाइतेहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुन्दर तिवारीले बताउनुभयाे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu