Connect with us
Kapilvast Forest

किन लगाइन्छ त साउनमा हरियो चुरा र मेहदी

२०७९, १६ श्रावण सोमबारमा प्रकाशित

काठमाडौ – साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ। हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ। यस कारण पनि साउन महिनामा हरियो, पहेँलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको हो। चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहदी लगाउने चलन पनि छ। हत्केलामा जति बढी गाढा मेहदीको रङ राख्यो, उति नै बढी श्रीमान्को माया पाइन्छ भन्ने धार्मिक विश्वास छ। साउनमा महिलाहरूले निकै मन पराउने मेहदी नेपालमा बन्दैन। मेहदी लगाउने परम्परा सुरु भएको भारतबाटै यहाँसम्म आइपुग्छ। त्यहाँको उत्पादनले यहाँ बजार पाएको छ। चुरा पनि धेरैजसो भारतबाटै भित्रिने गरेको व्यापारीहरू बताउँछन्।

मेहदीले स्वास्थ्यमा फाइदा पु-याउँछ । मेहदीको शीतलताले तनाव, टाउको दुःखाइ र ज्वरोबाट राहत प्रदान गर्ने मान्यता रहिआएको छ। मेहदीको प्रयोग आजभन्दा सात हजार वर्षअघि नै मिश्रवासीले गरेको इतिहास छ। उनीहरूले आफ्नो शरीरको सौन्दर्यमा चमक ल्याउन र शीतलता प्रदान गर्न प्रयोग गर्थे। नङलाई बढाउनका लागि पनि मेहदी निकै प्रभावकारी मानिन्छ तर बजारमा पाइने रसायनयुक्त मेहदीले भने यस्ता फाइदा पु-याउँदैनन्।

विभिन्न रातो, हरियो र पहेँलो चुरा होस् वा मेहदी अनि विविध प्रकारका पोते सबै भारत, पाकिस्तान, इरानलगायतका विदेशी मुलुकबाट नेपाल भित्रिने गरेकाले नेपाली परम्परा जोगाउनकै लागि ठूलो रकम विदेशिने कुरालाई रोक्न भने जरुरी छ। त्यस्ता वस्तुको कम आयात गर्ने, सस्तो प्रकारको मात्र आयात गर्ने वा सम्भव भएसम्मको उत्पादन स्वदेशमै गर्नेतर्फ भने ध्यान दिन सकेको खण्डमा परम्परा पनि जोगिने अनि मुलुकको व्यापार घाटा कम गर्न समेत सघाउ पुग्ने देखिन्छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu