Connect with us
Kapilvast Forest

चलचित्र ‘प्रेमगञ्ज’को गोलपोस्टमा रंगपत्रकारको तीन गोल

२०७९, १६ श्रावण सोमबारमा प्रकाशित

नेपाली चलचित्र ‘प्रेमगञ्ज’ र चलचित्र पत्रकारबीच भएको फुटसल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ ।आइतबार कुलेश्वरस्थित भिजिनोभा रिक्रिएसन सेन्टरमा भएको प्रतियोगितामा पत्रकारको टोलीले फिल्मको टोलीमाथि ३–२ को जित दर्ज गराएको हो । पत्रकारको तर्फबाट तीनै गोल रंग पत्रकार विजय आवाजले हानेका थिए । ‘प्रेमगञ्ज’ टोलीले फर्काएको दुई गोल फिल्मका मुख्य अभिनेता तेज गिरीले प्रहार गरेका थिए ।

फिल्मको तर्फबाट अभिनेता तेज गिरीबाहेक अभिनेत्री बेनिशा हमाल, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल र सिमरन खड्का मैदानमा उत्रिएका थिए ।साउन १५ मा खीर खाने कार्यक्रमसहित आयोजना गरिएको कार्यक्रममा फिल्मको टोलीले पत्रकारसँग फिल्मलाई लिएर अन्र्तक्रियासमेत आयोजना गरेको थियो । निर्देशक परिच्छेदसहित उपस्थित कार्यक्रममा निर्देशक तथा कलाकारले फिल्मले प्रेमका आयामलाई फरक उमेर समूहको प्रेम अभिव्यक्तिमार्फत देखाउने प्रयास गरेको बताएका थिए ।

हामी खुसी हुँदा होस् वा दुःखी एकचोटि विगतमा फर्कन्छौँ नै । यो फिल्मले पनि हाम्रो प्रेम अनुभवलाई सम्झाउँदै विगतमा लैजान्छ,’ अभिनेता तेज गिरीले भने, ‘एउटा रोमान्टिक फिल्म बनाउने हाम्रो प्रयास थियो । ट्रेलरपछि आएको प्रतिक्रियाले हामी प्रयासको नजिक पुगेको आभास भएको छ । बाँकी त फिल्म हेरेपछि नै प्रतिक्रिया आउला ।’

निर्देशक परिच्छेद सेनले आफूलाई डेब्यूका लागि अरु कथा पनि हुँदाहुँदै यो कथा छान्नमा विशेष कारण रहेको बताए । ‘मसँग भन्नलाई धेरै कथा थिए तर यही कथा छान्नुको कारण चाहिँ बजारको पनि लोभ हो उनले कलात्मक फिल्मले अपेक्षित व्यापार नगरिरहेको तर्फ संकेत गर्दै भने त्यही कारण हामीले सबैभन्दा पुरानो तर सदाबहार कथा, प्रेमकथा लिएर आएका हौँ ।

अभिनेत्री बेनिशा हमालले पनि फिल्ममा आफूले समर्पित प्रेमीको भूमिका निर्वाह गरेको बताएकी थिइन् । ट्रेलरमा बेनिशाले को एक्टर तेज गिरीलाई दुःख दिएका दृश्यले ठाउँ पाएका छन् । बेनिशाले प्रेमीलाई माया गर्ने एउटा तरिका ‘हर्ट’ गर्नु पनि रहेको र फिल्मका ती दृश्यले यही भाव अभिव्यक्त गरेको बताइन् ।

माया गर्ने मान्छेलाई जे मन पर्दैन त्यही गर्नु पनि माया हो । म फिल्म भित्रको चरित्रलाई माया गर्छु तर उसले माया नगरोस् भन्ने चाहान्छु । यही कारण उसलाई जे जे मन पर्दैन त्यही त्यही गर्छु । एकदमै रोचक भूमिका छ मेरो,’बेनिशाले भनिन् ।

कार्यक्रममा सम्पदा बानियाँ, राइडर प्रशन, सुप्रिया खनाल र सिमरन खड्काले पनि फिल्मको आफ्नो अनुभव सुनाएका थिए ।अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्म आउँदो भदौ ३ मा प्रदर्शनमा आउँदैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu