Connect with us
Kapilvast Forest

एकै परिवारका चारको : हत्या

२०७९, १६ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–२ धर्मस्थलीस्थित भीमसेन टोलमा एकै परिवारको चारजनाको शव विभत्स अवस्थामा फेला परेको छ । सोमबार बिहान श्रीमान दिनेश पाण्डे, श्रीमती सुनीता काप्री पाण्डे, उनका छोरा आशिक र छोरी आशिकाको शव विभत्स अवस्थामा फेला परेको हो ।

बिहान विद्यालयको गाडी लिन आएको बेला कोही पनि बाहिर ननिस्किएपछि घटनाको रहस्य सार्वजनिक भएको हो ।विद्यालयको गाडीले हर्न बजाउदा बाहिर कोही पनि ननिस्किएपछि छिमेकीले मूल ढोका ढकढक्याए तर कसैले पनि ढोका नखोलेपछि छिमेकीले प्रहरीले खबर गरेका थिए ।

पछि प्रहरी आएर ढोका खोल्दा चारजानको शव विभत्स अवस्थामा फेला परेको छिमेकीले बताएका छन् । प्रहरीले घटनास्थलमा बाहिरी मानिसलाई प्रवेश गर्न दिएका छैनछिमेकीका अनुसार श्रीमान दिनेशले पदमसाल चोकमा मोवाइल पसल सञ्चालन गर्दै आएका थिए । संयुक्त अधिराज्य बेलायत जानको लागि भिसा लगाइसकेकी श्रीमती सुनीताले फेन्सी पलस सञ्चालन गर्दै आएकी थिइन् ।

त्यस्तै, दिनेशले अत्याधिक मादक पदार्थ सेवन गर्ने जानकारी समेत छिमेकीले दिएका छन् ।प्रारम्भिक अनुसन्धानमा श्रीमानले श्रीमतीको हत्या गरेको र त्यसपछि बच्चा र आफूले हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।घटनाको थप अनुसन्धान भइरहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu