Connect with us
Kapilvast Forest

खाल्टाखुल्टीले सडकमा : सास्ती

२०७९, १८ श्रावण बुधबारमा प्रकाशित

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाको सडकमा ठूलाठूला खाल्टाखुल्टी परेपछि हिँडडुलमा सास्ती भएको छ। धनगढी उपमहानगरपालिका-१ स्थित पुष्पलाल चौक-मिलनपुर मुक्त कमैया शिविर सडकमा खाल्टाखुल्टी परेपछि हिँडडुलमा सास्ती भएको हो। सो सडकमा विभिन्न विद्यालय, कलेज पढ्न जाने विद्यार्थी बढी हिँडडुल गर्ने गरेका छन्।

सडक बिग्रिएपछि विद्यार्थीसहित हिँडडुल गर्ने सबैलाई समस्या भएको तोयाराज भट्टले बताउनुभयो। उहाँले ठुल्ठुला खाल्टाखुल्टीका कारण बाटोमा दुर्घटनाको जोखिम रहेको उल्लेख गर्नुभयो।

विद्यार्थी बोकेका धेरै सवारी साधन यो बाटोमा गुड्ने गर्छन् भट्टले भन्नुभयो यस्तो बाटोले दुर्घटना निम्त्याउन सक्छ । सो बाटोमा हेभी गाडीसमेत कुदाइएपछि किनार-किनारमा सडक नै भासिएको छ। मिलनपुर मुक्त कमैया बस्तीदेखि पश्चिम नैनादेवी-एक्सिसमार्ग रोडसम्म ठूला खाडल परेका छन्।

बिग्रेको सडकले जोखिम निम्त्याउन सकिने कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत छात्र उमेश चौधरीले बताउनुभयो। बाटो बिग्रेको धेरै समय भए पनि मर्मत नभएको उहाँको भनाइ थियो।

यसैगरी, नैनादेवी-एक्सिस मार्गको सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वार्टर कार्यालय र प्रदेश निर्वाचन कार्यालय अगाडि पनि बाटो खराब भएको छ। सो बाटो खराब भएपछि हिँडडुल गर्न समस्या भइरहेको छ।

बाटोको अवस्था बिग्रिसकेकाले मर्मतमा स्थानीय सरकारको ध्यान जानु पर्ने भट्टले उल्लेख गर्नुभयो। ग्राभेल हालेर खाल्डा पुरेमा दुर्घटनाको जोखिम हुँदैन उहाँले भन्नुभयो, ग्राभेल धेरै आवश्यक नपर्ने भए पनि स्थानीय सरकारको यसमा ध्यान गएको देखिदैन ।

धनगढी उपमहानगरपालिकाका मेयरले धेरै कार्यमा फटाफट ‘एक्सन’ लिइरहेको देखिने गरेको उल्लेख गर्दै उहाँले बाटोको अवस्था सुधारका लागि मेयरले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो।

धनगढी उपमहानगरपालिकासँग ग्राभेल ‘स्टक’ नरहेकाले तत्काल खाल्टाखुल्टी पुर्न सम्भव नरहेको जनाइएको छ। अहिले खोलानालाबाट ढुङ्गा, गिट्टी पनि उठाउन बन्द गरिएको छ। खोलानाला बन्द भएको बेला ढुङ्गा गिट्टी स्टक राखेका व्यक्तिले महँगोमा बिक्री गरिरहेका छन् ।

उपमहानगरपालिकाको कार्यालयसँग गिट्टी स्टक नरहेकाले तत्काल बाटो मर्मत गर्न नसकिने वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले बताउनुभयो। ‘खोलानाला बन्द भएको बेला अन्यत्रबाट महंगोमा किनेर गिट्टी हाल्न सकिँदैन उहाँले भन्नुभयो।

केही समय अगाडि ती बाटोको खाल्टाखुल्टीमा ढुङ्गा, गिट्टी हालिएको वडा अध्यक्ष मुडभरीको भनाइ थियो। वर्षा यामका लागि धनगढी उपमहानगरपालिकाले गिट्टी स्टक नराख्दा अहिले समस्या भइरहेको उहाँको भनाइ थियो।

झरी सुरु भएपछि उपमहानगर क्षेत्रका विभिन्न सडकको अवस्था बिग्रिएको छ । कतिपय सडक हिलाम्य बनेका छन्। निर्माण भइरहेको मालपोत सडक हिलाम्य भएका कारण आवजतावत गर्न समस्या भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu