Connect with us
Kapilvast Forest

कोसी प्रभावित क्षेत्र पुगेर परराष्ट्रमन्त्री खड्काले भने : बहाव घटेपछि बाँध लगाउँछौं

२०७९, १९ श्रावण बिहीबारमा प्रकाशित

परराष्ट्रमन्त्री-  नारायण खड्काले कोसी प्रभावित क्षेत्रको निरीक्षण गर्नु भएका छन् । बिहीबार बिहान आफ्नो निर्वाचन क्षेत्र समेत रहेको उदयपुरको वेलका नगरपालिकास्थित प्रभावित क्षेत्र पुगेर मन्त्री खड्काले कोसी पीडितहरूको सुरक्षा र राहतका लागि राज्यको सम्पूर्ण शक्ति अहिले प्रभावित क्षेत्रमा खटिएको जानकारी दिनुभएको छ ।

मैले भर्खरै मात्र गृहमन्त्रीलाई फोन गरेँ। अहिले पीडितहरूको सुरक्षा र राहतका लागि राज्यको सबै शक्ति यहाँ आएको छ खड्काले भने। साथै उनले अब कोसीको बहाव घटेपछि बाँध लगाउने कार्यलाई सुरू गरिने उहाँले बताउनु भयो ।

यसअघि जिल्लाकै त्रियुगा नदीमा बाँध लगाइएको कुरा उल्लेख गर्दै मन्त्री खड्काले भने कोसीको बहाव घटेपछि फेरि म आउँछु र राम्रो डिजाइन गरेर कति खर्च लाग्छ? हामी स्थानीय र बाह्य स्रोतसाधन प्रयोग गरेर भए पनि हामि नदीमा बाँध बाध्ने काम गर्ने छौँ ।

हिजो बुधबार बिहान करिब ३ बजेतिर सप्तकोसीले धार परिवर्तन गर्दा बाढी बस्तीमा पसेको थियो। जसले गर्दा उदयपुरको वेलका नगरपालिकाका पाँच वटा वडा र सुनसरीको बराहक्षेत्र नगरपालिकाको दुई वटा प्रत्यक्ष प्रभावित भएका हुन् ।

अहिले उक्त स्थानका मानिसहरूलाई सुरक्षित स्थानमा ल्याउने काम भइरहेको छ भने कति ठाउँमा मानिसहरू आफ्नो जग्गाजमिन आरक्षले ओगट्ने डरले थातथलो छोड्न मानेका छैनन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu