Connect with us
Kapilvast Forest

नयाँ शिक्षा ऐन तत्काल जारी गर्न शिक्षामन्त्रीसँग अखिल : क्रान्तिकारीको माग

२०७९, १९ श्रावण बिहीबारमा प्रकाशित

नेकपामा ओवादी-  केन्द्रनिकट विद्यार्थी संगठन अखिल अखिल क्रान्त्रिकारीले तत्काल शिक्षा ऐन जारी गर्न माग गरेको छ। बिहबार अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह सहितको टोलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग राख्नु भएको हो ।

चरम बेथितिका कारण देशको शैक्षिक अवस्था भद्रगोल बनेको भन्दै तत्काल सुधारका कदम चाल्न समेत क्रान्तिकारीले माग गरेको छ । २०२८ सालमा बनेको पञ्चायतकालीन ऐनलाई दशौंपटक संशोधन गर्दा पनि यसले नेपालको शैक्षिक समस्यालाई समाधान गर्न नसकेकाले सरकारले जतिसक्दो चाँडो नयाँ शिक्षा ऐन ल्याउनुपर्ने पनि उनीहरूले माग गर्नुभयो ।

सामुदायिक शिक्षादेखि व्यवसायिक शिक्षासम्म र चिकित्सा शिक्षादेखि विश्वविद्यालयसम्म सबै क्षेत्रमा अराजकता चुलिएको उनीहरूको जिकिर छ। शिक्षामा बढ्दो निजीकरणले सीमा नाघ्दा शिक्षा क्षेत्र हो कि बजार भन्ने छुट्याउनै नसकिने अवस्थामा नेपालको शैक्षिक क्षेत्र फसेको अखिल(क्रान्तिकारी)को माग पत्रमा उल्लेख गरीएको छ।

प्राविधिक शिक्षा नाम मात्रको प्राविधिक शिक्षा जस्तो महसुस हुन थालेको भन्दै अखिल क्रान्तिकारीले पूरै शिक्षा क्षेत्र नै उद्धारको पर्खाइमा रहेको उल्लेख गरेको छ। अखिल क्रान्तिकारीले आफ्नो मागको पहिलो बुँदामै नयाँ शिक्षा ऐनको तत्काल जारी गर्न भनिएको छ ।

उसले आंशिक प्राध्यापकहरूलाई स्वत: स्थायी गर्ने भनी आएका विभिन्न समाचारप्रति आपत्ति जनाएको छ । त्रिवि लगायतका अन्य विश्वविद्यालयहरूमा पदाधिकारीलगायत विभिन्न नियुक्तिहरूमा हुने राजनीतिक भागबन्डाको अन्त्य गरी स्वच्छ प्रतिस्पर्धाको आधारमा दक्ष जनशक्ति नियुक्ति गर्ने व्यवस्था गर्न समेत उसले भनेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu