Connect with us
Kapilvast Forest

भाषा र सीप परीक्षा उर्तिण गरेका नेपाली जापान जान पाउने

२०७९, २० श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौँ- भाषा र सीप परीक्षा उर्तिण गरी बसेका नेपाली जापान जान पाउने भएका छन् । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको दोस्रो बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउने निर्णय गरिएको हो ।

बैठकले विषेशगरी चारवटा विषयमा छलफल गरेको छ। जसअन्तर्गत नेपाल जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापनका समसामयिक कानुनी व्यवस्था समेटेर परिमार्जन गर्नुपर्ने भएमा सो को परिमार्जन गरिने छ ।

जापानको (एसएसडब्लु) प्रणाली कार्यन्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्यविधि बनाउने, नेपालमा जापानिज भाषा र सीप परीक्षा उर्तिण गरी जापान जान तयारी अवस्थामा रहेका नेपालीलाई यथाशक्य छिटो जापान पठाउने विषयमा सहजीकरण हुने भएको हो ।

जापान सरकारले त्यहाँको औपचारिक माध्यमबाट (एसएसडब्लु) प्रणालीअन्तर्गत नेपालबाट कामदार उपलब्ध हुनसक्ने जानकारी रोजगारदाताहरुलाई गराउने विषयमा पनि छलफल भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी गराएको हो ।

बैठकमा श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल, परराष्ट्र मन्त्रालयका प्रतिनीधि योजना बम्जन, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका हिमालचन्द्र अर्याल, बैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवार, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल, जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोतुमो नाकागावाको नेतृत्वमा चार सदस्यीय प्रतिनीधि मण्डलको सहभातिगताभएको थियो ।

अव नेपाल जापान संयुक्त कार्यसमितिको तेस्रो बैठक जापानमा आयोजना गरिने भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu