Connect with us
Kapilvast Forest

कुपोषित बालबालिका पुनर्स्थापना : गृहमा

२०७९, २० श्रावण शुक्रबारमा प्रकाशित

बाजुरा- जिल्लाका ३८६ जना बालबालिकामा कुपोषण देखिएको छ। पोषण पुनस्र्थापना गृहले जिल्लाको नौवटै स्थानीय तहमा कमजोर खालका बालवालिकालाई कुपोषण जाँच गरिएको हो ।

पोषण पुनस्र्थापना गृह बाजुराका निर्मला विकका अनुसार जिल्लाको नौवटै स्थानीय तहका एक हजार ४१४ जना बालबालिकालाई कुपोषण जाँच गर्दा ३८६ जना बालबालिकामा कुपोषण देखापरेको छ।

कुपोषण देखिएका ३८६ मा २७२ जनामा मध्यम र ११४ बालबालिकामा कडा खालको कुपोषण दखिएको छ। बाजुराको बडीमालिका, स्वामिकार्तिकलगायत गाउँपालिकामा अन्य पालिकाकाभन्दा बढी बालबालिकामा कुपोषण देखापरेको बताइएको छ ।

गर्भवती भएका बेलामा आमाले दही, दूध, माछा, मासु, अण्डा तथा पहेँला फलफूललगायतका पौष्टिक आहारजस्ता खानेकुरा खानुपर्छ। त्यस्ता खानेकुरा खान नपाएका गर्भवती महिलाबाट जन्मिएका बालबालिकामा नै कुपोषण देखिने बताइन्छ। कुपोषण देखिएका बालबालिका र उनीहरूका आमालाई अहिले पोषण पुनस्र्थापना गृहले पौष्टिक आहारको व्यवस्था मिलाउँदै आएको छ। कुपोषित बालबालिकालाई विभिन्न पोषण आहाराको व्यवस्था मिलाएर उनीहरूको कुपोषण नर्मल भएपछि मात्र घरमा पठाउने गरेको प्रमुख विकले बताउनु भएको छ ।

त्रिवेणी नगरपालिका–८ की भुजा नेपालीले आर्थिक अवस्था कमजोर भएकाले बालबच्चालाई पौष्टिक खानेकुरा खुवाउन नसकिने बताए ।

बालबालिकामा कुपोषण देखापरेकाले अहिले विभिन्न पोषणसम्बन्धी कार्यक्रम सञ्चालन ल्याएको जिल्ला अस्पताल बाजुराले जनाएको छ। जिल्ला अस्पताल बाजुराका डा. आशिष विष्टले बाजुरामा देखिएका कुपोषित बालबालिकालाई आमासहित पोषण पुनस्र्थापना गृहमा राखेर स्याहार गर्दै आएको जानकारी गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu