Connect with us
Kapilvast Forest

बिदेश जान भन्दा साइकलमै तरकारी बेच्न ठीक

२०७९, २० श्रावण शुक्रबारमा प्रकाशित

तनहुँ- देशमै गर्न सकिन्छ भन्ने अठोटका साथ तनहुँका एक युवकले साइकलमा तरकारी बोकी घरघरै विक्री गर्न थाल्नु भएको छ । व्याँस नगरपालिका १० कुमलटारीका २६ वर्षीय विनोद सापकोटाले बिदेश जानु भन्दा स्वदेशमा पसिना बगाउनपर्छ भन्ने सोचाईले तरकारी बिक्री गर्न थालेको जानकारी दिनुभयो ।

खेर गएको समयलाई साँझ र विहान तरकारी विक्री गरेर सापकोटाले आम्दानी गर्न थाल्नु भएकोे छ । स्वदेशमा पसिना बगाए देश बन्छ, बिदेश जान भन्दा साइकलमा तरकारी विक्री गर्न ठिक सापकोटाले बताउनु भयो ।

मनमा जोश जाँगर आँट र कामलाई ठुलोसानो नभन्ने हो भने पैसा कमाउन विदेश जान नपर्ने उदाहरण सापकोटा बन्नु भएको छ । सापकोटाले अहिले आधुनिक खालको साईकलमा आफ्नै गाउँघरमा नै उत्पादित तरकारी दमौली बजार सम्म ल्याएर बिक्री गर्नुहुन्छ । सापकोटाले नेपालकै पोर्टल कम्पनीमा निर्माण गर्न लगाई आधुनिक प्याङ्क साइकलमा पसल राखेर तरकारी विक्री हुन्छ ।

आफ्नो गाउँघरमै उत्पादित तरकारी खरिद गरी नजिकैको दमौली बजारमा ल्याएर बेच्ने गर्नु भएको छ । तरकारी बेचेर दैनिक सात सय देखि एक हजार रुपियाँ बचत गर्ने गरेको सापकोटाले बताउनुभयो । भविश्यमा गाउँमा बाँझो रहेको जमिनको सदुपयोग गरी व्यवसायिक फलफूल तथा तरकारी खेती गर्ने सोचाई रहेको उहाँले जानकारी दिनुभयो।

रोजगारीका लागि विदेश धाइरहेका युवाहरुलाई स्वदेशमानै श्रम र पसिना पोखेको खण्डमा आम्दानी गर्न सकिने सापकोटाको भनाई छ । बेरोजगार बसेका आम युवाहरुलाई साइकल चलाएपछि व्यायम हुने र व्यस्त पनि रहने तथा आम्दानी पनि हुने भएकोले समय खेर नफाली समयको सदुपयोग गरी दौडनको लागि पाइला चाल्नै पर्ने उहाँ को भनाई छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu