Connect with us
Kapilvast Forest

बगाएको सीमा स्तम्भ निर्माण भएन

२०७९, २१ श्रावण शनिबारमा प्रकाशित

देउखुरी- नेपाल–भारत सीमा छुट्याउन राखिएका सीमा स्तम्भहरू जीर्ण बन्दै गएका छन्। दाङको पूर्वी अर्ना नाकादेखि पश्चिम भौवा नाकासम्मका केही स्तम्भ ढलेका छन् भने कुनै मर्मत नहुँदा जीर्ण भएको हो ।

सीमा स्तम्भमध्ये जोर नम्बरका स्तम्भ भारत र बिजोर नम्बरको स्तम्भ नेपाल पक्षले मर्मत गर्नुपर्ने प्रावधान भए पनि दुवै पक्षबाट सीमा स्तम्भ मर्मत गर्नेतर्फ महìव नदिएको गुनासो स्थानियले गरेका छन् ।

दाङको राजपुर गाउँपालिका–७, भैंसाही नाका निवासी पूर्णबहादुर रोकाले स्थानीय सरकार र प्रशासनलाई सीमा स्तम्भ मर्मत गर्न अनुरोध गरे पनि बेवास्ता भएको बताउनुभयो।
सीमा स्तम्भ जीर्ण भएसँगै हराउने र सीमा मिच्ने समस्या उत्पन्न हुन सक्छ उहाँले भन्नुभयो सम्बन्धित निकायको समयमै ध्यान पुगोस्।

दाङ जिल्लाभर जम्मा ७७ वटा सीमा स्तम्भ छन्। तीमध्ये एउटा खोलाले बगाएको वर्षौं बित्दासमेत निर्माण भएको छैन। बाँकी ७६ वटा स्तम्भमध्ये १६ वटा मर्मत गर्नुपर्ने अवस्थाका छन्।

यहाँको खबरी नाकाको नजिकै रहेको ६०२÷४८ नम्बर स्तम्भ छ वर्षअघि खबरी खोलामा आएको बाढीले बगाएको हो। जीर्ण स्तम्भमा लेखिएको नम्बरसमेत मेटिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २९ ज्वालामाई गण भालुवाङ्का प्रमुख विनोद केसीले नेपालको तर्फबाट राखिएका सीमा स्तम्भको रेखदेख गर्ने काम भइरहेको जानकारी दिनुभयो ।
दाङको सीमा क्षेत्र पूर्वपश्चिम ८३ किलोमिटर दूरी छ । जहाँ ७७ वटा सीमा स्तम्भमध्ये ३७ वटा मुख्य र ४० वटा सहायक स्तम्भ रहेका छन् ।

यहाँ सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले पाँचवटा बोर्डर आउट पोस्ट (बीओपी), आठवटा फरवार्ड बेस (एफओबी) राखेको छ। दाङका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी सीमा स्तम्भको अवस्थाका बारेमा आफू जानकार रहेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ नेपाल–भारत सीमा क्षेत्रमै पुगेर स्तम्भहरूको स्थलगत निरीक्षण गर्दा एउटा सीमा स्तम्भ निर्माण नै गर्नुपर्ने अवस्था छ, १६ वटाको सामान्य मर्मत गरे पुग्छ।सीमा स्तम्भ निर्माण गर्न माथिल्लो तहबाटै कूटनीतिक पहलबाट गर्नुपर्ने भएकाले केही ढिला भएको भनाइ उहाँको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu