Connect with us
Kapilvast Forest

कपिलवस्तुमा छाडा पशुचौपाया व्यवस्थापन गर्न चुनौती

२०७९, २४ श्रावण मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी,

कपिलवस्तुको चन्द्रौटा, गोरुसिगें, तौलिहवा, जितपुर चार नम्बर, पकडी, लबनी पिपरा लगायत हरेक चोकमा बिहानैदेखि साँझसम्म छाडा चौपायाका बथान देखिन्छन । कपिलवस्तुको दश वटै पालिकामा पशु चौपाया व्यवस्थापन चुनौतीको रुपमा रहेको छ । जिल्लाको कपिलवस्तु नगरपालिका तौलिहवामा सबैभन्दा बढी पशु चौपाया सडकमा रहेको पाइन्छ ।

  • छाडा चौपायाहरू दिनभरि सडकमा हिँड्ने र राति खेतबारीमा किसानले लगाएको बाली खाने गरेको जन गुनासो उठेको छ । जसका कारण सडकमा यात्रा गर्नेदेखि कृषकहरूलाई समेत समस्या भोग्नु परेको छ । खेतमा लगाएको धानबाली जोगाउन रातभरि जाग्राम बस्नुपर्ने कृषकहरू बताउँछन् ।

सडकमा हुने अधिकांश सडक दुर्घटना छाडा चौपायाकै कारण हुने गरेको जिल्ला ट्राफिक कार्यालय गोरुसिगें कपिलवस्तुका सहयाक प्रहरी निरिक्षक ज्ञनेन्द्र शर्माले बताउनुभयो । पशु चौपायाहरु सडकमै बस्ने भएकोले रातको समयमा पशुचौपायाले गर्दा बढी दुर्घटना बढेकोले दिगो व्यवस्थान गर्न सहयाक प्रहरी निरिक्षक शर्माले आग्रह गर्नुभयोे ।

कृषकहरूले आफ्नो बारी जोगाउन अनेक उपाय अपनाए पनि छाडा चौपायाको दिगो व्यवस्थापन हुन सकेको छैन । अनेक उपाय अपनाए पनि छाडा चौपाया खेतमा पसेर वाली जोगाउनै मुश्किल हुने गरेको छ शिवराज नगरपालिका ३ का सलिम खाँनले बताउनुभयो । स्थानीय तहहरूले छाडा चौपाया व्यवस्थापनका लागि दिगौ व्यवस्थापन नगर्दा समस्या सृजना भएको कृषक खाँनले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनको समयमा छाडा चौपाया व्यवस्थापनको मुद्दा जोडतोडले उठ्यो । उम्मेदवारहरूले पनि छाडा चौपाया व्यवस्थापनलाई नै प्रमुख एजेन्डा बनाए । निर्वाचित भएपछि ठूलो रकम खर्च पनि भयो । तर छाडा चौपायाको समस्या अहिले पनि जस्ताको त्यस्तै छ ।

मधेश मानव अधिकार गृहका पुर्व अध्यक्ष रवि ठाकुर भन्नु हुन्छ पालिकाले चौपायाको व्यवस्थापन गर्नुपर्छ । चुनावी नारा बनाएको उम्मेदवारहरुले चौपाया व्यवस्थापनको लागि ठोस कदम चाल्नु पर्ने अधिकारकर्मी ठाकुरले बताउनुभयो ।

पालिकाहरूले दीगो रूपमा व्यवस्थापन नगरेका कारण पशु चौपाया व्यवस्थापन चुनौतीको रुपमा देखीएको छ । छाडा चौपायालाई थन्क्याउने होइन, कम्पोस्ट मलको स्रोतका रुपमा पनि प्रयोग गर्नुपर्ने हाम्रो योजना रहेको महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले बताउनभुयो ।
पशुचौपायाको व्यवस्थापनका लागि महाराजगंजमा गौशाला निर्माण कार्य भैरहेको बताउनुभयो ।