Connect with us
Kapilvast Forest

वाग्मती पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार

२०७९, २८ श्रावण शनिबारमा प्रकाशित

काठमाडौँ — ललितपुर र काठमाडौंको सीमा थापाथलीस्थित वाग्मती पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार गरिएको छ । ती महिलालाई पानीबाटै जीवितै उद्धार गरी उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिए ।

वाग्मतीमा हाम फालेकी महिलाको उद्धारपछि ट्रमा सेन्टरमा उपचार गरिँदै ।
उनका अनुसार एक महिलाले शनिबार अपराह्न हाम फालेको र उनलाई स्थानीय र प्रहरीको सहयोगमा केहीबेरमै प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको हो । महिलाको पहिचान खुलेको छैन ।

शनिबार नै काठमाडौंको सुन्दरीजलस्थित खोलामा चिप्लिएर बगेका एक युवकलाई पनि उद्धार गरिएको छ । प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतका अनुसार २७ वर्षीय सन्देश कार्कीलाई जीवितै उद्धार गरिएको हो । अपराह्न ५ बजे खोला बगेका उनको नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा जीवितै उद्धार गरिएको डीएसपी बस्नेतले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu