Connect with us
Kapilvast Forest

एक प्रहरी जवानको मृत्यु, डीएसपीसहित पाँच घाइते

२०७९, २८ श्रावण शनिबारमा प्रकाशित

रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकामा प्रहरीको भ्यान आज शनिबार दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । दिउँसो सदरमुकाम रुकुमकोटदेखि पुथाउत्तरगङ्गा गाउँपालिका जानेक्रममा प्रहरीको भ्यान दुर्घटनामा परेको थियो ।

जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान दुर्घटनामा पर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको छ । उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लैजानेक्रममा पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भ्यानमा ६ जना सवारमध्ये पुनसहित ३ जना गम्भीर र ३ जना सामान्य घाइते भएका थिए । घाइतेमध्ये भ्यान चालक प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान सन्तोष बुढाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगी, रुकुमपूर्व सशस्त्र प्रहरीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र श्रेष्ठ र प्रहरी जवान इन्द्र घर्ती सामान्य घाइते रहनु भएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी सुनुवारले बताउनुभयो । अनुगमन तथा नियमित कामको सिलसिलामा बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट प्रमुख जिल्ला अधिकारीसहितको टोली तकसेरा तर्फ गएको थियो ।

गन्तव्यमा पुग्न केही मिनेटको दूरीमा सो दुर्घटना भएको थियो । दुर्घटना पछि उक्त भ्यान सडकभन्दा झण्डै सय मिटर तल खसेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu