Connect with us
Kapilvast Forest

गठबन्धनको नाममा अपवित्र साँठगाँठ : ओली

२०७९, २ भाद्र बिहीबारमा प्रकाशित

बिर्तामोड — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावका लागि सत्तारुढ दलहरुले गठबन्धनको नाममा अपवित्र साँठगाँठ गर्न खोजिरहेको आरोप लगाएका छन् । उनले एमालेसँग एक्ला-एक्लै चुनाव लड्ने हिम्मत नभएका कारण दलहरु अपवित्र साँठगाँठतर्फ लागेको बताए ।

गृहजिल्ला झापाको कचनकवल गाउँपालिकास्थित बनियानीमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे । ‘कमजोरहरु गठबन्धन गर्दैछन् ।

एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएकाहरु साँठगाँठ गर्दैछन् । अपवित्र साँठगाँठको नाम हो, गठबन्धन । अहिले ८–१० वटा पुर्‍याउने भन्दैछन्,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने,‘अरु पनि मान्छे खोजे हुन्छ । त्यो गठबन्धनमा कति वटा पार्टी पुगे हामीलाई मतलब छैन । उनीहरुको गठबन्धनका पार्टीहरुसँग आज हाम्रो पार्टीमा प्रवेश गरेका जति पनि मान्छे छैनन् ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu