Connect with us
Kapilvast Forest

नागरिकता विधेयक बहुमतले पारित, पक्षमा१३५ बिपक्षमा ६० मत

२०७९, २ भाद्र बिहीबारमा प्रकाशित

काठमाडाैं – प्रतिनिधिसभाको आज बसेको बैठकले नागरिकता विधेयक बहुमतले फेरि पारित गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्‌मा सन्देशसहित फिर्ता पठाएको विधेयक आजको संसद् बैठकले पूर्णतया छलफल गरी मत विभाजनसहित बहुमतले पारित गरेको हो।

मतदानमा नागरिकता विधेयककाे पक्षमा १३५ मत, विपक्षमा ६० मत परे भने मत दिन्नँ भन्ने पक्षमा एकमत पनि परेकाे थिएन।

प्रतिपक्ष दल नेकपा एमालेले विधेयक पास गर्न मतदानकाे माग गरेपछि सभामुख अग्निप्रसाद सापकाेटाले सांसदहरु​लाई मतदानकाे अवसर दिएका थिए। तर प्रतिनिधिसभामा एमालेका ९८ जना सांसद रहे पनि मतदानका वेला ३८ जना सांसद अनुपस्थित रहेका थिए।

यसअघि सो विधेयकबारे सांसदले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक अब रोकेर राख्न सक्ने अवस्था नरहेको बताएका थिए। उनले प्रमुख प्रतिपक्षी एमाले नेतृत्वको अघिल्लो सरकारले ल्याएको विधेयकअनुसार नै यो विधेयक आएकाले त्यसको विरोध गर्न नमिल्ने तर्कसमेत गरेका थिए। गृहमन्त्री खाँणले सरकारले सो विधेयक संविधानअनुकूल हुने गरी ल्याएको दाबीसमेत गरेका थिए।

सरकारले अब विधेयक प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिकहाँ पठाउनेछ।

प्रतिनिधिसभाको अर्को बैठक भदौ ५ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu