Connect with us
Kapilvast Forest

धर्म निरपेक्षता र गणतन्त्रको सवालमा एमालेभन्दा कांग्रेस इमानदार : चित्रबहादुर केसी

२०७९, ३ भाद्र शुक्रबारमा प्रकाशित

बागलुङ-पञ्चायत फाल्न कांग्रेसकै साथ चाहियो, गणतन्त्र ल्याउन कांग्रेस नै चाहियो, त्यसैले गणतन्त्र र धर्म निरपेक्षता जोगाउन पनि गठबन्धन बनाउनु परेको हो’
— राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टी विमतिका बावजुद नेपाली कांग्रेससँगै सहकार्य गरेर जाने बताएका छन् । तर नेकपा एमालेका अध्यक्ष केपी ओली रहुन्जेल प्रतिगमन रहने उनको आरोप थियो ।

पार्टी प्रशिक्षणको क्रममा गृह जिल्ला आएका केसीले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रतिगमन विरुद्धको लडाइँमा सफल हुन कांग्रेससँगको गठबन्धन आवश्यक रहेको पनि उनले बताए । केसीले नेकपा एमालेका अध्यक्ष केपी ओली रहुन्जेल प्रतिगमन जारी रहने भन्दै बिमतिका बाबजुत कांग्रेससहितको ५ दलीय गठबन्धन चाहिएको बताए ।

एमसीसी, नागरिकता विधेयक जस्ता विषयमा राजमोले सत्ता गठबन्धनमा फरक मत राखेको पनि उनको भनाइ थियो । ‘पञ्चायत फाल्न कांग्रेसकै साथ चाहियो, गणतन्त्र ल्याउन कांग्रेस नै चाहियो, त्यसैले गणतन्त्र र धर्म निरपेक्षता जोगाउन पनि गठबन्धन बनाउनु परेको हो,’ केसीले भने, ‘धर्म निरपेक्षता र गणतन्त्रको मामिलामा वामपन्थी भए पनि एमालेभन्दा कांग्रेस इमानदार देखियो ।’

यस्तै हिन्दु सम्राट बनाउने र संसद विघटन गरेर प्रतिगमन ल्याउने ओलीको पक्षमा लाग्न नसकेको उनले बताए । ‘२०७४ सालमा हामी वामपन्थी भनेरै लागेका थियौं, दुइ तिहाइ वामपन्थीको संसद पटकपटक हत्या गरियो,’ केसीले भने, ‘संविधानमा व्यवस्था नभएको विघटन रोज्ने, अध्यादेशबाट देश चलाउनेको अझै पनि केही भर छैन ।’ केसीले प्रतिगमनको अन्त्य नभएसम्म ५ दलीय गठबन्धन चाहिएको बताए ।

नागरिकता विधेयकको भने केसीले खुलेरै विरोध गरे । नेपाललाई श्रीलंका, फिजी जस्तो बनाउन नागरिकता विधेयक ल्याइएको उनको आरोप छ । ‘भारतमा गएका हाम्रा छोरी चेलीले ७ वर्षमा नागरिकताको प्रक्रिया थाल्न पाउने, बुहारीलाई सिंदुरसँगै नागरिकता चाहिने ?’ केसीले भने, ‘यो विषयमा भारतीयको गम्भीर चलखेल छ ।’ नेपालका ठूला दल र शीर्ष नेताहरु भारतीयको इशारामा चलेको उनले आरोप लगाए । अध्यादेशबाट ल्याउन चाहेको नागरिकता विधेयक अहिले कांग्रेसले संसदबाट ल्यायो भनेर एमालेले रोइलो गरेको भन्दै उनले एमालेका नेताहरूमाथि कटाक्ष गरेका थिए ।

यसैबीच आगामी निर्वाचनमा राजमोले आफ्नो संगठन भएको स्थानमा मात्रै गठबन्धन गर्ने र उमेदवार दिने केसीले बताएका थिए । ‘संगठन नभएको स्थानमा पनि चाहिएन, नागरिकताको एजेण्डामा लिप्त पनि बन्दैनौं,’ केसीले भने, ‘बरु एक्लै लड्न पनि राजमो तयार छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu