Connect with us
Kapilvast Forest

मौरी पालक महासंघ कपिलवस्तुको १३ औं साधरणसभा

२०७९, ४ भाद्र शनिबारमा प्रकाशित

कपिलवस्तु-नेपाल मौरी पालक महासंघ जिल्ला शाखा कपिलवस्तुको १३ औं साधारसभा तथा सम्पन्न भएको छ। उक्त कार्यक्रममा बोल्दै कपिलवस्तु जिल्ला समन्वय समितिका सभापति एवम कार्यक्रमका प्रमुख अतिथी बाबुराम आचार्यले मौरी मानव जीवनसगँ प्रत्यक्ष सम्वन्ध रहेको बताउनु भयो । साथै मानिसहरुले मौरीवाट प्रत्यक्ष रुपमा लाभ लिएको औल्याउनु भयो ।मौरीपालने आर्थिक पक्ष्यसगँ मात्रै सम्वन्धित नरहेर हरेक दृष्टिकोणले मौरी मानव जीवनसँग गाँसिएकाले भन्दै मौरी पालनतर्फ लाग्न कृषकहरुलाई आग्रह गर्दै मह उत्पादन र वजारीकरणमा तिनै तहका सरकारले जोड दिनु पर्ने बताउनु भयो ।

त्यस्तै सोहि कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले कृषि क्षेत्र र किसानहरुलाई प्रोत्सहन गर्न नसक्दा सम्म कुनै पनि निकायको विकासले तिव्रता पाउन नसक्ने बताउनु भयो ।

उहाँले कार्यक्रममा बोल्दै शिवराजको क्षेत्रमा मौरी पालन गरेका कृषकहरु सगँ नगरले सहकार्य गरेर ब्राण्डेड मह उत्पादन गरेर आत्म निर्भ बनाउनुका साथै बजारीकरणको बतावरण सृजना गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भयो । साथै उहाँले स्थानिय उत्पादनलाई महत्वका साथमा प्राथमिकता दिईनु पर्ने बताउनु भयो । कृषि क्षेत्रलाई उकास्न शिवराजबाट बजेटको लागि कुनै कसूर नराख्ने समेत बताउनु भयो।

साथै सोहि कार्यक्रमलाई सम्बोधन गर्दै ब्यापार संघका केन्द्रिय सदस्य महादेव पोख्रेलले कृषकहरुले उत्पादन गरेका स्थानिय उत्पादनरुलाई बजारीकरण्को लागि पहिलो प्राथमिकताका साथमा लिइनु पर्ने उल्लेख गर्नु भयो ।

साधरण सभामा नेपाल मौरीपालक कृषक सहकारी संस्थाका नि वर्तमान केन्द्रीय अध्यक्ष अर्जुन पोख्रेलले नेपालमा मौरीपालन कृषक ब्यवसायि, मौरीपालक हमासंघ लगायतका विषयमा प्रस्तुतिकरण समेत राख्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा नेपाल मौरी पालक महासंघका कपिलवस्तु शाखाका अध्यक्ष नारायण पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मौरी पालक संघ प्रति तिन वटै तहका सरकारले खासै चासो नदिएको भन्दै दुःख व्यक्त गर्दै उहाँले मौरी पालन व्यवसाय गर्ने सम्पूर्णलाई व्यवसायिकयोजना र रण निति सहित महासंघमा आबद्ध हुन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल मौरी पालक महासंघका केन्द्रिय सदस्य नन्दराम अर्याय , मौरी पालक महासंघ लुम्बिनी प्रदेश अध्यक्ष राम हरी शर्मा ,सचिव लिलापति घिमिरलगायत मौरी पालक कृषकहरुको सहभागितामा कार्यक्रमसम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu